सिकारमा कोरोना प्रभाव : एक झारल र एक नाउर मारिने


–आदर्श अनलाइन, बागलुङ

कोरोना कहर नहुन्थ्यो भने यतिबेला बागलुङ जिल्लाको ढोरपाटन सिकार आरक्षमा विदेशी पयाृटकको चहल पहल हुन्थ्यो ।

तर यस वर्षको पहिलो सिकार याम शुरु भइसकेपनि हाल सम्म विदेशी सिकारी आउन सकेका छैनन् । कोरोना अगाडी धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै सिकार आरक्षण ढोरपाटन सिकार आरक्षणमा बागलुङमा यस वर्षको पहिलो सिकार याममा जम्मा एक नाउर र एक झारलको मात्रा सिकार हुने भएको छ ।

कोरोना त्रासले गत वर्षको चैत देखि सिकार हुँन नसकेको आरक्षमा यस वर्षको पहिलो सिजनमा तोकिएको झारल र नाउरको सिकार नहुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेपनी कोरोना कहरका कारण एउटा कम्पनीलेमात्रै आवेदन दिएको छ ।

विभागले सिकारको लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्रा सिकारको लागि प्रस्ताव पेश गरेको थियो । सिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको सिकार गर्न उक्त कम्पनीलाई अनुमती दिएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

“गत वर्षको दोस्रो सिजनमा कोरोना महामारीका कारण १० नाउर र ५ झारलको शिकार अनुमतिमै सिमित हुन पुगेको थियो” कंडेलले भन्नुभयो “यस अघि सिकारका लागि अनुमती लिएपनि बन्दाबन्दीका कारण सिकार भएन, अहिले पनि जम्मा एक नाउर एक झारलको सिकार हुँनेभएको छ ।” कंडेलका अनुसार कोरोनाका कारण विदेशी सिकारीले बुझाउने राजश्व शुन्य जस्तै भएको बताउनुभयो ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिक मंसिर पहिलो हप्ता सिकारको लागि ढोरपाटन आउने छन् । विदेशी सिकारीले नाउरको लागि रु.एक लाख ६० हजार र झारलको लागि रु. ९० हजार मात्रै राजश्व बुझाउनुभएको छ ।

प्रतिस्प्रधा नहुँदा नाउर र झारलको सिकार मुल्य निकै घटेर गएको छ । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्नेछन् ।
आरक्षणमा सिकारका लागि अमेरिका, रसिया, स्पेन, लगायतका देशबाट धनाढ्य सिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका छन् ।

कोरोना अघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एन्ड ट्रेल्स, नेपाल वाइल्ड फाई, समारीलगायत कम्पनीमार्फत सिकारको लागि सिकारी आउने गरेका थिए । कोरोना कहरका कारण यस वर्ष अन्य कम्पनीले बोलपत्रै भरेनन् ।
आरक्षणमा असोज–मंसिर पहिलो र फागुन– बैशाख दोस्रो याममा सिकार हुँने गरेको छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । अहिले आरक्षणको सुरक्षाका लागि नेपाली सेनाको सत्रुमर्दन गुल्म समेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *