आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ स्थित ठूलो हिले सामुदायिक घरबासको मुख्य परिकार हो जंगली रातो च्याउ । ताराखोलाको डुडेलेकको जंगलको ठूटामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरबासमा पुग्ने गरेका छन् ।
रातो च्याउ बाहेक जंगली सेतो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिडो, लोकल कुखुरा र सिमीको दाल घारबासको मुख्य आर्कषण हो । पर्यटकीय क्षेत्र डुडेलेक पुग्नेहरु र लोकल परिकारका पारखीहरु ठूलो हिले पुग्ने गरेका छन् । एक वर्ष अगाडीदेखि सञ्चालनमा आएको ठूलोहिले सामुदायिक घरवास पर्यटकीय क्षेत्रमा भएकाले पर्यतकको रोजाईमा पर्न थालेको छ ।
तारोखोला गाउँपालिकाको अधिकांश जंगलमा रातो च्याउ पाइन्छ । जंगलमा जोखिम पूर्ण तरिकाले राचो च्याउ टिपेर ल्याउनपर्ने भएकाले यसको मुल्य सुन जस्तै महङ्गो छ । प्रोटिन र भिटामिनका लागि समेत राम्रो मानिने जंगली रातो च्याउ ताराखोला पुग्ने जो कोहीले रुचाउने परिकार हो । घरबासमा आउने अधिकांशले रुचाउने परिकार मध्ये रातो च्याउ प्रमुख भएको घरबासका सञ्चालक तेजेन्द्र बहादुर श्रीसले जानकारी दिनुभयो ।
घरबास नखुल्दै समेत यहाँ सामान्य पर्यटकहरु घुम्न आउने गरेका थिए । ताराखोला गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा ल्याएपछि यहाँ आउने पर्यटकहरु बढ्न थालेका छन् । उहाँले बन्दाबन्दीको समयमा समेत आन्तरिक पर्यटकहरु आइरहेका हुन् । “घरबासमा आउने जो कोहले खानका लागि र कोसेलीका लागि रातो च्याउ खोज्ने गरेका छन् ।” श्रीसले भन्नुभयो “पाहुँनाले आफ्ना परिवारका सदस्यहरु रहेको युरोप अमेरिका समेत कोसोलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन् ।”
जंगली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयले जंगली च्याउ लिएर सुकाएर राख्ने गरेका छन् । अहिले सुकेको एक पाथी रातो च्याउको मुल्य ताराखोलामै दुई हजार ५०० देखि तीन हजार सम्म पर्दै आएको ताराखोलाका स्थानीय बसन्ती घर्तीले बताउनुभयो ।
सुकेको रातो च्याउको माग धेरै भएपछि पु¥याउनै नसकिएको घर्तीको भनाई रहेको छ । स्थानीयले जंगलमा घाँस दाउँरा गर्नका लागि जाने क्रममा काठको ठूटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् । हाल सम्म रातो च्याउको व्यवासयिक बिक्रि वितरण नभएको स्थानीय धन बहादुर बुढाले जानकारी दिनुभयो । अहिले जंगलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको र मुल्य बढ्दै गएको बुढाको भनाई रहेको छ । उच्च हिमाली भेगमा ठूला रुखमा रातो च्याउ पाइन्छ ।
जंगलमा पाइने अधिकांश च्याउ विखालु भएकाले स्थानीयले मात्रै खानामा प्रयोग हुँने च्याउ पहिचान गर्न सक्दछन् । ताराखोलाको उच्च भागमा रहेका घरमा अहिले जंगली रातो र सेतो च्याउ थोरधेरे सुकाएकै पाइन्छ ।
रातो च्याउ ताराखोला सहित गलकोटको रमुवा, ढोरपाटन तमानखोला लगायतको जंगलमा पाइन्छ । रातोच्याउ सुकाएपछि लामो समय सम्म रहने भएकाले कोसेलीका रुपमा प्रयोग हुँदै आएको बागलुङ बजारमा लामो समयदेखि अर्गानिक उत्पादनको व्यापार गर्दै आउनुभएका हिरामणी उपाध्यायले जानकारी दिनभयो । उहाँले च्याउको महत्व नबुझ्नेलाई काठको टुक्रा जस्तै लागेपनि महत्व बुझ्नेले जापान, अमेरिका लगायतका देशमा आफन्तलाई कोसेली पठाउने गरेको बताउनुभयो ।
व्यवसायीक उत्पादन गर्न सके रातो च्याउको भविश्य रहेको उहाँको भनाई रहेको छ । जसरी सिताके च्याउको व्यवसायिक उत्पादन थालियो यसरीनै रातो च्याउको उत्पादन गर्न सकिने संभावना रहेको समुदयिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य प्रेम लामिछानेले बताउनुभयो । “अव जंगललाई घाँस दाउँरामा मात्रै सिमिति गर्न भएन” लामिछानेले भन्नुभयो “जसरी नौ महिनामा फल्ने सिताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बिउ उत्पादन भयो त्यसरीनै रातो च्याउको बिकास गर्न सकिन्छ ।”