संसदीय समितिले भन्यो–धौलागिरी अस्पताल नीजि भन्दा कम छैन

आदर्श अनलाइन, बागलुङ
प्रतिनिधि सभाको संसदीय समितिद्वारा धौलागिरि अस्पतालको अनुगमन गरिएको छ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगत कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उप–समितिले आइतबार धौलागिरी अस्पताल बागलुङको अनुगमन गरेको छ ।

समितिले धौलागिरी अस्पताल बागलुङले कोरोना सक्रमणको उपचार र रोकथामका लागि गरेका काम कारवाहीको विषयमा अनुगमन गरिएको हो ।

बागमती प्रदेशको अनुगमन सकेर गण्डकी प्रदेशमा आएको संसदीय समितिले अन्य प्रदेशको तुलनामा गण्डकीमा कोभिड–१९ को उपचार र रोकथामका विषयमा गरेका काम सन्तोषजनक रहेको उप–समितिका संयोजक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालमा आउदा कुनै प्राइभेट अस्पताल भन्दा राम्रो आभास भयो” संयोजक श्रेष्ठले भन्नुभयो “अस्पताल सरसफाई हुँनु पहिलो आवश्यकता हो, गुणस्तरको हिसावमा अगाडी बढेको पाइयो ।”

संयोजक श्रेष्ठले कोरोनाको उपचार र रोकथामका क्रममा भएका काम कारवाही, तथा समस्याका विषयमा बुझ्न जिल्लामा आएको बताउनुभयो । उहाँले जिल्लाको समस्या र रोकथामका विषयमा नीतिगत निर्णय गर्न अनुगमनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अस्पतालमा उपचार र रोकथामका लागि गरिएका प्रयास र आइपरेका समस्याका विषयमा अनुगमन पछि सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने श्रेष्ठको भनाई रहेको छ ।

अनुगमनका क्रममा आएको संसदीय समितिलाई धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले अस्पतालले गरेका काम र समस्याका विषयमा जानकारी गराएका थिए ।

अध्यक्ष राना मगरले अस्पतालमा बजेट आउने तथा काम गर्ने अख्तियारी नआउने पीसीआर मेशिन खरिदमा कानूनी झन्झट र अस्पतालको भौतिक संरचना निर्माणमा भएको ढिलाईका विषयमा जानकारी गराउनुभएको थियो । यस्तै डा. पोखरेलले सघन उपचार सेवाका लागि दक्ष जनशक्तिको अवश्यकता रहेको बताउनुभयो । अस्पतालले हाल सम्म २४१ कोरोना सक्रमतिको उपचार गरिएको र हाल सम्म २ सक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *