चित्रबहादुर केसी आइसोलेशनमा : स्वास्थ्य अवस्था ‘गम्भीर’

आदर्श अनलाइन, काठमाडौं

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । 

मंगलबार कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए । 

उनलाई निमोनियाले ग्रस्त बनाएको छ । जनमोर्चाको  बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोग जुटाउने निर्णयसमेत गरेको छ । 

बैठकले सहयोगदाताले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग  गर्न सबैलाई अनुरोध गरेको छ । 

कार्यकारी अध्यक्ष नेपालीले केसीलाई कोरोना पुष्टि भएको र नियमोनियाले ग्रस्त बनाएको जानकारी दिए पनि उनलाई लामो समयसम्म उपचार गर्नुपर्ने कारण भने विज्ञप्तिमा खुलाएका छैनन् । 

‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी केही दिनदेखि निमोनिया रोगबाट ग्रस्त हुनुभएको छ । उहाँको स्वाब परीक्षण गर्दा हिजो कोरोना पोजिटिभ पनि देखिएको छ’, कार्यकारी अध्यक्ष नेपालीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, उहाँलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्यालहरु थिए । अहिले उहाँको मेडिसिटी अस्पतालमा आइसोलेशनमा उपचार भइराखेको छ । स्वास्थ्य स्थिति गम्भीर छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *