२ जना फरार प्रतिवादी पक्राउ

आर्दश अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले २ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रहरीले बागलुङ नगरपालिका वडा नम्बर ८ का ३० वर्षीय विनाेद खड्का, र २७ वर्षीय प्रकाशबहादुर खड्कालाई पक्राउ गरेको सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उनीहरुलाई २०७३ कार्तिक २ गते सार्वजनिक मुद्धा लागेको थियो । पक्राउ परेका मध्ये विनोद खड्कालाई ४ हजार ५ सय ५० र प्रकाशबहादुर खड्कालाई ४ हजार ७ सय ५० जरिवाना तोकिएको थियो ।

उनीहरुलाई घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको रेग्मीले बताउनुभयो । हालसम्म जिल्ला प्रहरी कार्यालय बागलुङले १ सय ३५ फरार प्रतिवादी पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *