बोबाङमा एक घर जलेर नष्ट

आदर्श अनलाइन, बागलुङ 

ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाङका स्थानीय बमबहादुर कायतको घर जलेर नष्ट भएको छ ।

बिजुलीको तार सट भएर आगलागी हुँदा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयाे।

कायतको ढुङ्गाको छाना भएको दुई तले घर पूर्ण रुपमा ध्वस्त भएको भण्डारीको भनाई छ । आगो स्थानीय र प्रहरीले केही बेरपछि नियन्त्रणमा लिएका थिए । क्षतिको विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *