बागलुङका ६१ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

आदर्श अनलाइन, बागलुङ
नेपाल सरकारद्वारा लागु गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्र्तगत बागलुङमा ६१ हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

बागलुङ जिल्लामा वि.सं. २०७३ असारदेखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालय बागलुङका दर्ता अधिकारी नारायण शर्माले जानकारी दिनुभयोे । कोरोना कहरका बीच पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कोरोनाका कारण शुरुको अवस्थामा नागरिकहरु उपचार तथा औषधी लिन अस्पताल तथा स्वाथ्यचौकी नआएपनि पछिल्लो समय सेवा लिने क्रम केही बढ्न थालेको छ । शर्माका अनुसार जिल्लाका दश वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा बीमा गर्नेको संख्या रहेको जानकारी दिनुभयो ।

कोरोनाका कारण मानिसको स्वास्थ्यप्रतिको चासो समेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुँने नागरिकको संख्या बढ्ने स्वास्थ्य बीमा बोर्डको अपेक्षा रहेको छ । ७० हजार बढी स्वास्थ्य बीमामा आबद्ध भइसक्नुपर्ने अवस्थामा कोरोनाका कारण घर घरमा स्वास्थ्य बीमा गराउन जान समस्या भएपछि लक्ष्य अनुसार बीमा गर्नेको संख्या बढाउन नसकेको शर्माको भनाई रहेको छ ।

“शुरुको अवस्था भन्दा धेरैनै सहज भइसकेको छ, अहिले स्वास्थ्य बीमाका विषयमा धेरैले बुझ्न थालेका छन्” दर्ता अधिकारी शर्माले भन्नुभयो “कोरोनाका बिरामीलाई समेत उपचारको व्यवस्थ ागर्ने गरी कार्य योजना समेत बढाएको छ ।”

सरकारले स्वास्थ्यमा सबै नागरिकको समान पहँुच पुगोस भन्ने हेतुका साथ अगाडि सारेको स्वास्थ्य बीमा कार्यक्रमले जिल्लामा आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधी उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् ।

कमै मात्रमा स्वस्थ्य उपचारका लागि बागलुङ जिल्लामा रहेको धौलागिरि अस्पतालमा आउने बिरामीहरु स्वस्थ्य बीमा कार्यक्रम लागु भएपछि उपचारमा आउनेको संख्यामा तेब्बरले बृद्धि भएको भएपनि पछिल्लो समय कोरोनाले ह्रास आएको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । “कोरोनाले शुरुको अवस्थामा केही सहजीकरण ग¥यो, अभिभावकको औषधी परिवारका सदस्यलाई समेत दियौ” गौतमले भन्नुभयो “अहिले सहज भइसकेको छ, फार्मेसी र ओपीडि कोरोना भन्दा फरक स्थानमा भएकाले अस्पतालमा आउने विरामी आइनै रहेका छन् ।”

वीमितकर्ताले धौलागिरी अस्पतालको फार्मेसी मार्फत निशुल्क औषधी समेत पाउँदा बीमा प्रतिको आर्कषण बढेको हो । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु.तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु. ७०० का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा रु. एकलाखसम्म उपचार खर्च निःशुल्क हुने नीति छ ।

जिल्लामा शुरुआत भएको स्वास्थ्य बीमामा सबै बर्गले बीमा आबद्ध भएका छन् । बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल, स्वास्थ्य चौकी जाने प्रचलन समेत बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु हुँदासाथ आम सर्वसाधरण जनता अनबिज्ञ भएपनि हाल आएर बीमा गराउन फोन गरेरै बोलाउने गरेको दर्ता सहयोगी सरिता शर्माले बताउनुभयो ।

बीमा रकम तिर्न नसक्ने अति गरिव तथा ७० वर्ष नाघेका वृद्धवृद्धालाई सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेपछि वृद्ध–वृद्धा निकै आर्कषित भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४ सय ८० प्रकारका निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य बीमाका लागि बागलुङ जिल्लाका ७० जना दर्ता सहयोगीले घर घरमा पुगेर बीमा दर्ता गर्दै आएका छन् । सबै नागरिकलाई बीमामा आबद्ध गर्ने गरी आफ्नो वडामा सचेतनामुलक कार्यक्रम संगसंगै आफू घरदैलो कार्यक्रममा समेत हिड्ने गरेको बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष ध्रुब केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *