फरार प्रतिवादी र जुवाडेले हिरासत भरिभराउ

आदर्श अनलाइन, बागलुङ
पछिल्लो समय बागलुङ प्रहरीको सक्रियता सँगै धमाधम फरार प्रतिवादी र जुवाडे पक्राउ परेका छन् ।

हाल सम्म १ सय ३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका बीच प्रहरीले धमाधम पक्राउ गरेपछि हिरासत र कारागारमा कोरोना जोखिम बढेको छ । यद्यपी, प्रहरीले सक्दो सचेतता अपनाइएको जनाएको छ । कोरोनाको जोखिममा केही चूनौती देखिए पनि हाल सम्म सक्दो सुरक्षा सचेततता अपनाएर पक्राउ गरिएकालाई हिरासतमा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

‘हिरासतलाई चार भागमा विभाजन गरेका छौं,’ श्रेष्ठले भन्नुभयो, ‘हामीले पीसीआर गरेर मात्रै हिरासत र कारागारमा पठाउँदै आएका छौं, यसमा धौलागिरी अस्पतालले समन्वय गरिराखेको छ, पीसीआर गरेको, नमूना संकलन गरेको र नयाँलाई छुट्टाछुट्टै कोठामा राख्दै आएका छौं ।’

कारागारमा समेत पछिल्लो समयमा ७० जना फरार प्रतिवादी थपिदाँ समेत कोरोना संक्रमण नफैलिएको कारागार प्रमुख मोहन उपाध्यायले जानकारी दिनुभयो । ‘हाल सम्म ७० जना जति नयाँ कैद भुक्तानका लागि थपिए, उच्च सर्तकता अपनाउनाले हाल सम्म कोरोनाको लक्षण समेत देखिएको छैन’ कारागार प्रमुख उपाध्यायले भन्नुभयो ‘कारागाको क्षमता विस्तार गरेका छौं, पीसीआर गरेर प्रहरीले पठाउँदा समेत नयाँ कैदी बन्दीलाई अहिले बनेको नयाँ भवनमा राख्दा सहज भएको छ ।’

उपाध्यायका अनुसार फरार प्रतिवादी मध्ये ३० जना एक वर्ष सम्मको कैद भएकालाई कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला अदालतले सजायलाई रकमलाई बदलेर भुत्तानी पश्चात छाड्ने गरेको छ ।

कारागारमा हाल १ सय ४२ जना कैदीबन्दी छन् । सुरुमा ४५ जना क्षमताको कारागार हालै विस्तार भएर ९० जना क्षमताको बनाइएको छ । प्रहरीले पीसीआर गरेर मात्रै हिरासत र कारागार पठाए पछि धमाधम कारागारमा कैदी र पक्राउ गरि हिरासतमा राखिएका थपिदाँ समेत कोरोना संक्रमणको जोखिम नभएको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *