कोरोना कहरः पत्रकारका नलेखिएका आफ्नै समाचार !

आदर्श अनलाइन, बागलुङ
भनिन्छ–‘डाक्टरले आफ्नै उपचार गर्न सक्दैनन् ।’ कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यस मध्ये सबै भन्दा बढी प्रभावित हुनेमा परेको एक क्षेत्र हो मिडिया । जसमा कोरोना भयावह सुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका मिडिया हाउसहरुले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाई गर्ने घटना हेरे सञ्चार र पत्रकार माथि आएको संकट बुझ्न काफी हुन्छ ।

उसो त पत्रकारले हरेक व्यक्ति, क्षेत्र र निकायका समस्या उजागर गर्ने र समाधानका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्ने घचघच्याउने दैनिक कर्म गरिरहेका हुन्छन् । खाली समस्या मात्रै होइन, समाधान समेत गराउन सक्ने हैसियत भएका देशभरका पत्रकार अहिले भने आफै चरम समस्या र संकटमा छन् । समस्या भए पनि खुलेर आफ्ना कुरा व्यक्त गर्न सकिरहेका छैनन् ।

कोरोना महामारीका कारण पत्रकारहरु निष्काशन, जर्बजस्त बिदाईमा परेर बेरोजगार हुनुपरेको, नियमित तलब नपाएको, कतिपय आधा तलबमा चित्त बुझाउनु परेको जस्ता दर्जनौ समस्या पत्रकारले झेलिरहेका छन् । यो सँगै महत्वपूर्ण बिषय त पत्रकार सञ्चारकर्मीले कोरोना संक्रमणको तिव्र जोखिमका बीच पनि महिनौंदेखि आफ्नो ज्यान जोखिममा राखेर फ्रन्टलाइनमा उभिएर नागरिकलाई सही समयमा सही सूचना दिएर सचेत र सुरक्षित बन्ने बनाउने भुमिकामा छन् ।

बजार विज्ञापनमा टिकेको नेपाली मिडिया लामो समयको बन्दाबन्दी सँगै थलिएको छ । बागलुङमा कोरोना शुरु भएको गत वर्षको चैत्र देखि आधा दर्जन पत्रकार विभिन्न बाहनामा जागिरबाट निकालिने र भुमिका खुम्चिनेमा परेका छन् । यसका साथै नियमित पारिश्रमिक नपाएका र अबको जागिर थप धरापमा भएको संख्या पनि कम छैन । तर, समस्या संकटमा परेका पत्रकारहरुले आज सम्म आधिकारिक रुपमा सम्बन्धित निकायमा कुनै गुनासो उजुरी भने गरेका छैनन् ।

अर्काको समस्यामा निरन्तर कलम चलाउदै आएका पत्रकारहरु आफ्नो समस्यामा मौन बस्न नहुने पत्रकार बिजय राना बताउँनहुन्छ । ‘राजधानीदेखि जिल्ला तह सम्मनै पत्रकारहरुले आफु समस्यामा पर्दा खुलेर समस्या राख्न सकिरहेका छैनन्, मालिकले के भन्लान् भन्दा पनि समाजले के भन्ला भन्ने प्रश्न र संशयबाट डराइरहेको बुझिन्छ,’रानाले भन्नुभयो ।

पत्रकारहरुले समेत अहिलेको संकटमा आफूलाई समयानुकुल परिवर्तन गर्न नसक्दा बेरोजगारको अवस्था आउन थालेको कान्तिपूरकर्मी प्रकाश बराल बताउँनुहुन्छ । कोरोना समस्या मात्र नभई अवसरका रुपमा समेत आएकाले प्रविधिको उचित प्रयोग गर्न उहाँको सुझाव छ ।

वर्षौदेखि नाफामा चल्दै आएका मिडिया कोरोना संकटको चार पाँच महिनामै सञ्चारकर्मी निकाल्ने अवस्थामा आयो भन्ने विषय गम्भीर भएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष तथा नयाँ विश्व डट कमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

‘अहिले सञ्चार र सञ्चारकर्मी संकटका दुई कारण देखा परेका छन्, एउटा बलियो सञ्चार माध्यम जस्ले पत्रकार नहाटाए पनि हुँन्थ्यो उस्ले हटाउन थालेको छ, अर्को आर्थिक रुपमा संकटमा रहेको मिडिया उसले बाध्यताले समेत हटाएको छ’ राजभण्डारीले भन्नुभयो, ‘राज्यले समेत चौथो अंगको रुपमा परिचित तर कोरोनामा फ्रन्टलाइनमा खटेका पत्रकारलाई धमाधम बेरोजगार बनाउदा नदेखे जस्तो गर्नु अर्को गम्भीर समस्या हो ।’

राजभण्डारीका अनुसार बागलुङमा बेतलवी, जर्बजस्त विदामा राखेको,केही समय पछि सम्पर्क गर्ने भनेको जस्ता समस्या रहेको सुन्नमा आएपनि पत्रकारनै खुल्न नसक्नु दुखद् भएको उहाँको भनाई छ ।

केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न मिडियाले पाँच महिना देखि सम्पर्क नगरेको पत्रकारहरु अप्रत्यक्ष गुनासो छ । बागलुङमा कोरोनाका कारण केही पत्रकार सञ्चारकर्मीको समस्याबारे अप्रत्यक्ष रुपमा गुनासो सुनिए पनि आधिकारिक रुपमा पत्रकार महासंघमा कसैको गुनासो उजुरी नपरेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताउनुभयो ।

महासंघले पत्रकार सञ्चारकर्मीलाई अन्याय या समस्या भएको बिषयमा कानूनी प्रकृया र मिडियालाई जवाफदेही बनाउनका लागि आधिकारिक रुपमा आउनुपर्ने शिरीषको भनाई छ ।

‘हामीले हल्ला सुनेकै भरमा संस्थागत रुपमा कदम चाल्ने भन्ने हुँदैन,समस्यामा परेका भनिएका केही साथीहरुसँग महासंघले केही भुमिका खेल्नुप¥यो कि भनेर कुराकानी पनि ग¥यौ, उहाँहरुले त्यस्तो अवस्था आए भन्छौ भन्नुभएको छ, यदी लिखित रुपमा गुनासो आए महासंघले आवश्यक भुमिका खेल्न तयार र प्रतिवद्ध छ,’ अध्यक्ष शिरीषले भन्नुभयो, ‘सञ्चारको बढ्दो संकट सामनाका लागि अब मिडिया हाउस, राज्यलाई पनि थप जवाफदेही बनाउनु पर्ने अवस्था त छ नै । अहिलेको संकटमा पत्रकार पनि थप सिर्जनशिल,उत्तरदायी भएर आफुलाई फेरी एक पटक योग्य सावित गर्नुपर्नेछ ।’
तर उहाँहरुले त्यस्तो अवस्था आए भन्छौ भन्नुभएको छ, अहिले सम्म आधिकारिक रुपमा कोरोनाकै कारण संकटमा परेको बिषय महासंघमा आएको छैन,यदी लिखित रुपमा गुनासो आए महासंघले आवश्यक भुमिका खेल्न तयार र प्रतिवद्ध छ ।’ अहिले पत्रकार सञ्चारकर्मी संकटमा पर्न लाग्नुमा तीन तहको सरकारले पनि मिडियालाई बिशेष सहुलियतको प्याकेज ल्याउनुपर्नेमा उहाँको जोड छ ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *