बागलुङ नगरका १० जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

बागलुङ नगरपालिका वडा नम्बर १ का ४८, ६४ वर्षीय पुरुष र ३१, ३१ वर्षीया महिला, वडा नम्बर २ का २३ र ५८ वर्षीय दुई जना पुरुष र २४ वर्षीया महिलामा वडा नम्बर ३ का २८ वर्षीय पुरुष, वडा नम्बर ७ का ४५ वर्षीय पुरुष र वडा नम्बर १० का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको घिमिरेको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *