बडिगाड जीप दुर्घटना अपडेट : गम्भिर घाइतेको हेलिकप्टर मार्फत उद्दार

आदर्श अनलाइन, बागलुङ
बडिगाड गाउँपालिकामा आज बिहान पीक अप जीप दुर्घटना हुँदा गम्भिर घाइते हुनुभएको एक महिलालाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ ।

दुर्घटनमा गम्भिर घाईते ६० वर्षिय गौमती रोकालाई प्रभु एयरको हेलिकप्टर मार्फत पोखरा स्थित मणिपाल शिक्षण अस्पताल पठाइएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभयो । घाइते महिलाको टाउँको र हातमा चोट लागेर अचेत हुनुभएको थियो ।

हेलिकप्टर मार्फत उद्दार गर्न गाउँपालिकाले समन्वय गरेको थियो । बडिगाड गाउँपालिका–६ सुरखुरेमा ग्वालिचौर तर्फ जादै गरेको लु १ ज ४३७० नम्बरको पीकअप जीप दुर्घटना हुँदा २२ वर्षीय टेकमाया रोका र उहाँको एक वर्षीय छोरी छाया रानाको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक प्रकाश शिंह भण्डारीले जानकारी दिनुभयो । जीपमा सामान लोड गर्ने क्रममा अचानक गुडेर जीप दुर्घटना भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *