ढोरपाटन–२ मा ट्याक्सी र जीप दुर्घटना, एक जनाको मृत्यु

आदर्श अनलाइन, बागलुङ
ढोरपाटन नगरपालिका वडा नम्बर २ मा जीप र ट्याक्सी दुर्घटनामा पर्दा १ जनामो मृत्यु भएको छ ।

दुर्घटनामा ट्याक्सी चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

मंगलबार राति साढे ९ बजे बडिगाड गाउँपालिकाको भिमगिठेदेखि बुर्तिबाङ तर्फ जाँदै गरेको ध १ ज ५४२ नम्बरको ट्क्सी दुर्घटनामा परेको र लु २ च ९१९९ नम्बरको जीप सवा १० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ट्याक्सी दुर्घटनामा चालक बडिगाड गाउँपालिा वडा नम्बर ६ का २८ वर्षीय नहकुल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्सी सडकदेखि करिब २ सय मिटर तल बडिगाड खोलामा खसेको बताइएको छ । चालकको शव बुधबार विहान दुई किलोमिटर तल बडिगाड गाउँपालिका वडा नम्बर ६ को घोपर भन्ने स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।

जिप सडकदेखि १५० मिटर तल खसेको प्रहरीको भनाई छ । जिपका चालक बडिगाड गाउँपालिका ९ का २२ वर्षीय किरण केसी सकुशल रहेको छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *