लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

आदर्श अनलाइन, बागलुङ
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बुधबार देखि सुरु भएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतनामुलक कार्यक्रम गरि विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ ।

अभियानको पहिलो दिन बागलुङमा बागलुङ नगरपालिकाले कार्यालयमा लैंगिक हिसां बिरुद्धको सचेतनामूलक ब्यानर सहित सेतो रिबन बितरण गरेको छ ।

नेपाली कांग्रेस सम्वद्ध नेपाल महिला संघ र नेपाल ट्रेड युनियन काँग्रेस महिला समितिले लोकतान्त्रिक चोकमा सचेतनामूलक कार्यक्रम ग¥यो । नगर प्रमुख जनकराज पौडेलले लैंगिक हिंसा बिरुद्धको ब्यानर पढेर सेतो रिबन बितरण सहित अभियानको शुभारम्भ गर्नुभयो । यस अभियान अवधिभर लैंगिक सचेतना सहित सरकारी कार्यालयमा सेतो रिबन बितरण गरिने नगरपालिकाका महिला, बाललबालिका तथा समाज कल्याण उपशाखा संयोजक सरस्वति रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी र उक्त चोकमा आवत जावत गर्नेहरुलाई सेतो रिबन बितरण समेत गरिएको थियो । लैंगिक हिंसा बिरुद्धको अभियानका बारेमा जानकारी सहित सरकार र सरोकारवालाको ध्यानाकर्षणका लागि कोरोना कहरका बीच कार्यक्रम गरिएको नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्र थापाले लैंगिक हिसां अन्त्यका लागि राज्य संवेदनशिल बन्न नसकेको बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य तथा कांग्रेसका निवर्तमान जिल्ला सभापति प्रकाश पौडेल, नेपाल ट्रेड युनियन काँग्रेस महिला समितिका संयोजक भगवती केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महिला संघका जिल्ला सचिव उषा पौडेलले गर्नुभएको थियो ।

महिलाविरुद्ध हुने सबै हिंसा अन्त्यको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) देखि यो अभियान सुरु हुन्छ । यो वर्ष १६ दिने अभियानलाई कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जोडिएको छ ।

महामारीको समयमा विशेष गरि महिलाहरुलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले अहिले र भविष्यमा आउन सक्ने यस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुनेछ ।

महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लंैगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।

यो वर्ष अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियान ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ मनाईँदै छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *