नागरिकता किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ, वडा अध्यक्ष विरुद्ध पक्राउ पूर्जी


आदर्श अनलाइन, बागलुङ

किर्ते नागरिकता सिफासिर गरेको भन्दै जिल्ला अदालत बागलुङले वडा अध्यक्ष सहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।

बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुव बहादुर केसी सहित ५ जनाविरुद्ध जिल्ला अदालत बागलुङले आज पक्राउ पूर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो । पक्राउ पूर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालिन वडा नम्बर ४ का वडासचिव प्रेमबहादुर खड्का र किर्ते नागरिकता लिनका लागि साँची बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन् ।

अदालतले वडा अध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गूरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ । फरक अभिभावक बनाएर दोहोरो नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका–६ बाट पंकज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *