ताराखोला र बडिगाडबाट ३८ नाल भरुवा बन्दु बरामद

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुबाट खटिएको टोलीले कात्तिक २८ देखि मंसिर ११ गतेसम्म जिल्लाका विभिन्न ठाउँबाट ३८ नाल भरुवा बन्दु बरामद गरेको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

प्रहरी बरामद गरेको सबै बन्दुक बेवारिसे अवस्थामा फेला परेका थिए । ३८ थान बन्दुक मध्ये ६ जना वेसाबुत अवस्थामा भेटिएको र त्यसबारे अनुसन्धान भैरहेको भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार कात्तिक २८ गते बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानीबाट १ नाल, मंसिर ४ गते ताराखोला गाउँपालिका वडा नम्बर ४ को नागबेलीबाट ४ नाल, सोही वडाकै छेल्लरखोलाबाट ६ नाल र बगाले सिमओढारबाट २ नाल गरी १२ नाल बन्दुक बरामद गरेको छ ।

मंसिर ५ गते ताराखोलाकै जुल्फे सामुदायिक वनबाट ४ नाल, अर्गल हर्पुखोलाबाट ४ नाल भरुवा बन्दु बरामद गरेको बताइएको छ । मंसिर ११ गते ताराखोला गाउँपालिका वडा नम्बर ५ सिपबाट ८ नाल र हर्पुखोलाबाट ९ नाल बन्दुक बरामद गरेको भण्डारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *