बागलुङमा तीन जुवाडे पक्राउ

आदर्श अनलाइन, बागलुङ
बागलुङमा तीन जना जुवाडेलाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले खेलिरहेको सूचनाको आधारमा बागलुङ नगरपालिका वडा नम्बर २ बाट १ लाख १७ हजारसहित तीन जना जुवाड पक्राउ परेका हो ।

प्रहरीले हाडेपाखा स्थित चन्द्रप्रसाद गैह्रेको घरमा सम्पत्तिको हार जित हुने गरी जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा नगद र तीन बुक ताससहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

प्रहरीले बागलुङ नगरपालिका वडा नम्बर २ तेजबहादुर केसी, ३० वर्षीय यमबहादुर केसी र बागलुङ वडा नम्बर ४ का ५० वर्षीय तेजनाथ उपाध्यायलाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *