बागलुङबाट काठमाण्डौं उडेको हेलिकप्टरमा चरा ठोकियो


–आदर्श अनलाइन, बागलुङ

गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टरमा अचानक चरा ठोकिएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । दुर्घटनामा मानविय क्षति नभएको हेलिकप्टरमा सवार गलकोट नगरपालिका–३ का वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार काठमाण्डौं तर्फ गइरहेको हेलिकप्टरमा अचानक चरा ठोकिदा हेलकप्टरको अगाडीको सिसा फुटेको छ भने नुवाकोटको वेलकोटगढी नगरपालिका–६ स्थित दुइपीपल भन्ने ठाउँमा फोर्स ल्याण्ड गरिएको हो ।

कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्घटना भएको हो । उडिरहेको हेलिकप्टरमा चिल चरा ठोकिएको थियो । हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहितसुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा पाइलको अवस्था समान्य रहेको बताईएको छ । वडा अध्यक्ष भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ ।

हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो । चरा ठोकीदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने फोर्स ल्याण् गर्दा अगाडिको भागमा क्षति पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *