राष्ट्रिय जनमोर्चा बागलुङको जिल्लाभर विरोध सभा

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाभर विरोध सभा गरेको छ । ‘संघीयताको खारेज, कोरोना भाईरस रोकथाम, उपचारमा सरकारको असक्षमता, लापरवाही र भ्रष्टाचारको विरुद्ध जिल्लाको १० वटै पालिकामा विरोध सभा गरेको हो ।

जैमिनी नगरपालिकाको कुश्मिसेरा बजार आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले संघीयता नेपालमा असफल बन्दै गएको बताउनुभयो । थापाले अब नेपाली जनताले मंहङ्गो संघीयतालाई थेग्न नसक्ने भन्दै खारेजीको विकल्प नभएको बताउनुभयो ।

अध्यक्ष थापाले कोरोना रोकथाम र उपचारमा सरकार गैरजिम्मेवार बनेको भन्दै सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकेको बताउनुभयो । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन। जिल्ला सदस्य तथा जैमिनी नगर अध्यक्ष दिल बहादुर श्रीस लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै बागलुङ नगरपालिकाको लोकतान्त्रिक चोकमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापाले सम्बोधन गर्दै सरकारले भ्रष्टचारीलाई कानुनी दायरामा ल्याउनुको सट्टा उनीहरुलाई संरक्षण गर्दै आएको आरोप लगाउनुभयो ।

थापाले देशमा कुनै पनि हालतमा संघीयता टिक्न नसक्ने भन्दै कोरोना नियन्त्रणमा सरकार चुकेको बताउनुभयो । कार्यक्रममा जिल्ला सदस्य थानेश्वर सुवेदी योगेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै गलकोट नगरपालिकाको हटिया बजारमा भएको सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङगाना र राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक बहादुर के.सी.ले सम्बोधन गर्नु भएको थियो ।

ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार आयोजित सभालाई राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा र राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेले ढोरपाटन नगर अध्यक्ष दिपक थापा अखिल नेपाल युवक संघ बागलुङका सदस्य युवराज महत लगायतले बोल्नुभएको थियो ।

निसीखोलाको झिवाखोलामा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य थमन घर्तीले सम्बोधन गर्नुभएको थियो ।

बडिगाड गाउँपालिकाको ग्वालीचौर खौलार बजारमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, ने.क.पा.मसाल बागलुङका प्रवक्ता मेक बहादुर पाईजा र अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनले सम्बोधन गर्नु भएको थियो ।

काठेखोलाको अक्षेते बजारमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य नेत्र बुढाथोकी र लक्ष्मण पुनले सम्बोधन गर्नु भएको थियो ।

बरेङ बजारमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रशाद शर्मा र हिरा थापाले सम्बोधन गर्नु भएको थियो ।

ताराखोलाको घुश्मेली बजारमा आयोजित सभालाई राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तिर्थ सिह थापा र अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकालले सम्बोधन गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *