बरेङमा १० शैयाको अस्पताल शिलन्यास

आदर्श अनलाइन, बागलुङ
बरेङ गाउँपालिकामा आधारभूत अस्पतालको शिलन्यास गरिएको । अस्पतालको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाट गनुर्् भएको हो ।

आजै कोभिड–१९ अस्थायी कोरोना अस्पालको समेत उद्घान गरिएको छ । बरेङ गाउँपालिका–२ हुग्दीशिरको बरेङ बजारमा कोभिड–१९ अस्पताल ५ शैयाको बनाईएको छ ।

संघयी सरकारले विनियोजन गरेको ८५ लाख आधारभूत अस्पतलाल निर्माणको लागि शिलन्यास भएको छ भने १० लाखको लागतमा कोभिड–१९ अस्पताल निर्माण भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

अस्पतला निर्माण पश्चात बरेङ गाउँपालिकाका करिब १५ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अस्पतलाको शिलन्यासपछि बोल्दै अध्यक्ष शर्माले नागरिकको स्वास्थ्य सुरक्षा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले गाउँपालिमा अस्पताल बनेपछि यहाँका हजारौँ नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सहज हुने भन्दै छिमेकी जिल्ला गुल्मीको कालीगण्डकी गाउँपालिकाका नागरिकहरु समेत लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका क्याप्टेन कलाधर थापा, नेकपाका झमबहादुर थापा, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर पुन बोल्नुभएको थियो ।

कार्यक्रम गाउँपालिका प्रवक्ता नरबहादुर विकको अध्यक्षतामा उपाध्यक्ष डिलकुमारी पुनको स्वागत र स्वास्थ्य शाखा संयोजक पदमबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *