निसीखोलामा १० शैयाको हस्पिटल शिलन्यास

डम्मर बुढा मगर, बागलुङ
निसीखोला गाउँपालिकामा १० शैयाको आधारभूत हस्पिटल निर्माणका लागिसोमबार शिलन्यास भएको छ ।

हस्पिटलको शिलन्यास गर्दै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीबासीका लागि गुणस्तरी स्वास्थ्य सेवा प्रमुख प्राथमितामा रहेको भन्दै अब सबै नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सक्ने बताउनुभयो ।

उहाँले स्वास्थ्य उपचारकै लागि यहाँका हजारौँ नागरिकले धेरै वर्षदेखि सास्ती खेपिरहेको स्मण गर्दै नागरिकको पहुँचसम्म सेवा पु¥याउने जिम्मेवारी आफूहरु माथि रहेको बताउनुभयो ।

केन्द्र सरकारले विनियोजन गरेको ८५ लाख रुपैयाबाट हस्पिटल निर्माण हुन थालेको हो । सुरुमा १० शैयाको बन्ने बताइएको छ ।

स्थानीयले हस्पिटल निर्माणका लागि साढे ९ रोपनी जग्गा निशुल्क प्रदान गरेपछि सोमबार शलिन्यास गरिएको हो । हस्पिटल निमार्ण भएपछि निसीखोला गाउँपालिकाका २५ हजार बाढी नागरिक लाभाम्बित लाभाम्वित हुने छन् ।

गाउँपालिकाले सोमबार नै कोभिड–१९ अस्थायी अस्पतालको समेत उद्घाटन गरिएकोे छ । ५ शैयाको कोभिड अस्पताल संचालनका लागि डाक्टर र नर्सहरुको लागि विज्ञापन खुलाएको पौडेलले बताउनुभयो । यसका लागि केन्द्रीय सरकारले १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *