म्याग्दीमा कोरोनाबाट सुत्केरी महिलाको मृत्यु

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीमा एक सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ देविस्थानकी २२ वार्षीया सुत्केरी महिलाको उपचारको क्रममा सोमबार पोखरामा निधन भएको थियो ।

स्वासप्रश्वास सम्बन्धि जटिल समस्या आएपछि बेनी अस्पताल हुँदै उनलाई पोखरा रेफर गरिएको थियो ।

सोमबार उपचारकै क्रममा महिलाको मृत्यु भएको र मंगलवार आएको पिसिआर परिक्षणको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।

गत कात्तिक ६ गते पोखरा स्थित गण्डकी अस्पतालमा महिलाले शल्यक्रिया मार्फत बच्चा जन्माएकी थिईन् ।

देविस्थापन स्थित घरमा आईतवार स्वासप्रश्वासमा समस्या देखिएपछि ति महिलालाई दरबाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि ल्याईएकोमा थप उपचारका लागि सोमबार दिउँसो बेनी अस्पतालमा र यहाँबाट रेफर गरि पोखरा पठाईएकोमा उनको सोमबार नै उपचारका क्रममा निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *