गुठीमा आगलागी हुँदा घर जलेर नष्ट

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
बागलुङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको हाे ।

बुधबार बिहान स्थानीय दलबहादुर किसानको ढुङ्गामाटोले बनेको दुई तले घरमा आगलागी हुँद घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताए ।

घरको बीच तलामा किसानको आफ्नै छोरा शिवजी किसानले लाईटर जलाउने क्रममा घरमा आगलागी भएको र आगोले घर पूर्ण रुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

आगोलागीबाट घरसंगै घर भित्र रहेका लत्ताकपडा फर्निचर तथा ५२ हजार पैसा र तीन तोला सुन समेत जलेको घरधनीले बताएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट भएको क्षतिको पुरै विवरण आउन बाँकी रहेको छ । स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा आगो भने नियन्त्रणमा आएको छ । आगोबाट कुनै मानवीय तथा पशु चौपायामा क्षति नभएको प्रहरी जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *