कालीगण्डकी करिडोर कालोपत्रे कहिले ?

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्रेका लागि ढिलाई भएको छ ।

बागलुङ खण्ड अन्र्तगतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक मध्ये सडक विभागलाई हस्तान्तरण गरेको १० किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सडक विभागलाई हस्तान्तरण गरेको एक वर्ष पुग्नै लाग्दा समेत टेण्डर प्रकृयामा गएको छैन ।

कोरोनापछि कालिगण्डकी करिडोर गुल्मी खण्ड कालोपत्रे गर्न थालिए पनि बागलुङ खण्डको काम सुस्त छ । स्तरोन्नती हुन बाँकी रहेको २८ किलोमिटर सडक स्तरोन्नतिमा समेत ढिलाई भइरहेको छ ।

करिडोर अन्र्तगतको मालढुंगादेखी बलेवा बिमानस्थल सम्मको १० किलोमिटर सडक १० मिटर चौडा बनाई सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरिए पनि सडक विभागले अहिले सम्म डिपिआर, वातावरणीय प्रभाव मुल्याङ्कन लगायतका कार्य गर्न सकेको छैन । कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख सुबोध देवकोटाले कारोनाका कारण कालिगण्डकी करिडोर बागलुङ खण्डको काम ढिलाई भइरहेको बताउनुभयो । कोरोना पछि अहिले कारिडोरको बागलुङ खण्डमा स्तरोन्नतीको काममा केही ढिलाई भइरहेको छ,

अब तिब्रता दिन नेपाली सेनालाई आग्रह गरेका छौं” देवकोटाले भन्नुभयो “सडक विभागलाई हस्तान्तरण गरेको बागलुङको १० किलोमिटर सडक कालोपत्रेका लागि डिपिआरको काम भइरहेको छ ।” देवकोटाका अनुसार कालोपत्रेको काममा केही ढिलाई भएपनि अबको ६ महिनामा ठेक्का अघिका सबै प्रक्रिया टुंग्याउने गरी सडक विभागसँग समन्वय गरेर अगाडी बढेको बताउनुभयो ।

कोरोनाका कारण प्रभावित बनेको कालिगण्डकी करिडोरको बागलुङ खण्डको बलेवा विमानस्थलदेखि पालुङखोला सम्म २८ किलोमिटर सडक १० मिटर चौडा पार्ने कार्य पुनः अघि बढाइएको करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाको निर्माण कार्यदल प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिनुभयो ।

“जम्मा पाँच करोड बजेट आएको छ, अझै २० देखि २५ करोड बजेट आए आगामी वैशाख भित्र सडक विभागलाई बागलुङको सबै सडक हस्तान्तरण गर्ने गरी काम सुरु गरेका छौं,” भट्टराईले भन्नुभयो “८ मिटर सडकलाई बम विष्फोट गर्ने र १० मिटर चौडा गरिनेछ ।” अब निर्माणले तिब्र गति लिने र आगामी बैशाखभित्रै सडक विभागलाई कालोपत्रेका लागि हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ ।

कोरोनाका कारण करिडोरको स्तरोन्नती र सडक विभागले कालोपत्रेमा ढिलाईका बिषयमा नागरिकबाट गुनासो र आलोचना हुन थालेपछि अहिले काम अघि बढाउन थालेको कालिगण्डकी सरोकार समितिका संयोजक टिकाराम ढकालले बताउनुभयो । नेपालीको भाग्यरेखाका रुपमा रहेको करिडोरको समपान साकार हुँदै आएको छ ।

“एक वर्षभित्र बागलुङमा समेत कालोपत्रे गर्ने गरी सरकार अघि बढ्न खोजेको छ” ढकालले भन्नुभयो “बागलुङको मालढुङ्गा र गुल्मीबाट कालोपत्रे गर्दै आउने बीचमा धमाधम स्तरोन्नती गरी सडक विभागलाई बुझाउने गरी लागिएको छ, २०७९ सालमा बागलुङ र गुल्मी खण्डमा सबै सडक कालोपत्रे भइसक्नेमा आशावादी छौं ।”

कालीगण्डकी करिडोर त्रिदेशिय सडक हो । यसले छिमेकी भारत र चिनलाई जोड्नेछ । मालढुंगादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरिरहेको छ । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमि ट्रयाक खोलेको थियो । सबै सडक खण्डको ट्रयाक खुलेपछि चौडा पार्ने काम पनि सेनाकै जिम्मामा दिइएको हो । अत्यधिक पहरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएको थियो ।

२०५७ पुस १ गतेका दिन गुल्मीमा शिलान्यस भएको उक्त सडक २० वर्ष पछि कालोपत्रेको अवस्थामा आएको छ । करिडोरको बागलुङ र गुल्मी खण्डको ८० किलोमिटर मध्ये पाँच वटा खोलामा बेलिब्रिज निर्माण छन् ।

८५ किलोमिटर सडक बेनी देखि मुस्ताङको कागवेनी सम्मको सडकको ट्रयाक नेपाली सेनाले खुला गरी २०६८ सालमा उक्त सडक खण्ड सडक विभागलाई हस्तान्तरण गरिसकेको छ कागवेनी देखि कोरला सम्म अहिले धमाधम काम भइरहेको छ । गुल्मी देखि बागलुङको मालढुङ्गा सडकको ट्रयाक खोल्न नेपाली सेनाको कार्यदललाई २०७० सालको वैशाखमा जिम्मा लिएर ट्रयाक खोलेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *