६५ वर्षमा बल्ल पाइन् गलकोटकी नन्दिकलाले नागरिकता

डम्मर बुढा मगर, बागलुङ

‘६० र ५ वर्षकी भए, कति सालकी हुँ भन्ने थाहा छैन, आज बल्ल नागरिकता पाएँ ।’ गलकोट नगरपालिका वडा नम्बर ९ बाँसखोलाकी नन्दिकला सुनार अहिले नागरिकता पाए पछि दंग हुनुहुन्छ । आँफु कति सालमा जन्मिएको भन्ने समेत थाहा नपाउनु भएका नन्दीकलालाई नागरिकता बनाउनु पर्छ भन्नेबारे जानकारी नभएकालेल यस्तो अवस्था आएको उहाँ बताउनुहुन्छ ।

नेपाली नागरिकता नन्दीकला जस्ता अपवादका पात्रले बाहेक अन्य सबैले १६/१७ वर्ष पुग्नासाथ नागरिकता बनाउने गर्छन् । ६५ वर्षमा नागरिता पाएको भन्दा धेरैलाई अचम्म लाग्न सस्क्छ । तर नन्दिकलाले ६५ वर्ष पुगेपछि मात्रै शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङबाट नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

२०१२ सालमा जन्मिनुभएकी नन्दिकला १८ वर्षको उमेरमा बासँखोलाका कृष्णबहादुर बिश्वकर्मासँग विवाह गर्नुभयो । विवाह गरेर पनि उहाँका दुई सन्तान भए । उहाँका एक छोरा र एक छोरी छन् । उनीहरुको विवाह भइसकेको छ । छोराले केही वर्ष अगाडी बाबाको नामबाट नागरिकता बनाएका थिए । छोरीको भने अझै नागरिकता बनेको छैन ।

छोराको नागरिकता बनिसक्दा नन्दिकलाको भने उमेरमै नागरिकता बन्न सकेन । बुढेसकाल लागेपछि मात्रै उहाँले नागरिकता हात पार्नु भयो । बाबा डम्मरबहादुर सुनार र श्रीमान कृष्णबहादुर बिश्वकर्माको नामबाट जिल्ला प्रशान कार्यालय बागलुङले नागरिकता प्रदान गरेको हो ।

नन्दिकलाका श्रीमानका गत असारमा निधन भए पछि अहिले एकल हुनुहुन्छ । श्रीमानको देहवसान भएपछि नन्दिकलालाई नागरिकता लिन पनि केही जटिलता समेत भयो । उहाँले स्थानीय केही आफन्तलाई साक्षी राखेर नागरिकता प्राप्त गर्नु भयो । नागरिकता बनाउनका लागि कसैले चासो नदिएको र आफुलाई पनि त्यस तर्फ ज्ञान नहुँदा अहिलेसम्म नागरिकता नबनेको बताउँनुहुन्छ ।

‘सानै उमेरमा विहे गरे, माइतमा पनि कसैले बनाइ दिएनन्, १८ वर्षमा विहे गरेर घर आएँ’ नन्दिकलाले भन्नुभयो ‘घर आए पनि कसैले बनाइ दिएनन्, नागरिकता बनाउन बुढालाई, सासु ससुरा कसैले पनि चासो दिनुभएन, मलाई केही थाहा थिएन, केही थाहा नहुँदा बल्ल अहिले बुढेसकालमा बनाउनु पर्ने भयो ।’

महिला नेतृ तथा समाजसेवी ललिता थापाको बिशेष पहल र सहयोगमा नागरिकता बनाएको उहाँको भनाई छ । सुनारले समाजसेवी थापाले नागरिकता गराउनु पर्छ भनेर नसम्झाएको भए नागरिकता नै नबन्ने बताउँनुहुन्छ ।

नागरिकता पाए पछि नन्दिकला निकै खुसी हुनुभएको छ । ‘बुढेसकालमा आएर भए पनि नागरिकता पाएँ, धेरै खुसी लागेको छ, नागरिकता बनाई मर्ने भए भनेको थिए, बन्यो’ नन्दीकलीले भन्नुभयो ।

समाजसेवी ललिता थापाले नन्दिकलाको नागरिकता नभएको थाहा पाएपछि बनाउनका लागि सुझाएको र आवश्यक सबै प्रक्रिया पु¥याएर शुक्रबार नागरिकता प्राप्त गरेको बताउनुभयो ।

‘यतिका उमेर पुग्दा पनि नागरिकता बनेको रैनछ, मैले थाहा पाएपछि बनाउनु पर्छ भनेर सल्लाह ग¥यौँ उहाँले पनि मान्नु भयो र नागरिकता पनि बन्यो,’ थापाले भन्नुभयो ‘उहाँ अहिले एकल हुनुहुन्छ, जायजेथा पनि त्यस्तै छ, नागरिकता भएर सरकारले एकल महिलाको भत्ता अलिकति भए पनि सहयोग ग¥यौ भने उहाँलाई केही सहुलियत हुनेछ भन्ने लाग्यो, उहाँको नागरिकता बनेपछि मलाई पनि निकै खुसी लाग्यो ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *