आदर्श सहकारीको एकाईगत वार्षिक साधारणसभा सुरु

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औँ वार्षिक साधारण सभा शनिबारदेखि सुरु भएको छ ।

यसवर्षदेखि एकाईगत रुपमा साधारणसभा थालेको आदर्शले शनिवार काठेखोला गाउँपालिकाको केन्द्र बिहुँमा साधारण सभा सम्पन्न गरेको छ ।

No description available.

साधारणसभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष एवम् काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले समाजमा आर्थिक समृद्धिका लागि सहकारीले इमान्दार पूर्वक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय सहकारीको संख्या अधिक देखिएको र कतिपय सहकारी शिथिल अवस्थामा रहेकाले अब मर्ज गर्नुपर्नेमा पनि उहाँको जोड थियो ।

No description available.

अध्यक्ष थापाले हर सहकारीले सहकारीको असली मुल्य मान्यता अनुसार काम गरे अब कुनै पनि नागरिक अभावमा पिल्सिनु नपर्ने बताउनुभयो । गोजीमा पैसा राखेर कुनै पनि नागरिक धनी बन्न नसक्ने भन्दै त्यसको सही परिचालन र प्रयोग गर्न सकेमा मात्र अधिक लाभ लिन सकिने उहाँको भनाई छ । ‘हामी आत्मनिर्भर र सम्पन्न बन्नका लागि खल्तीमा पैसा राख्नु हुँदैन, त्यो सही ठाउँमा, सही तरिकाले प्रयोग गरियो भने मात्रै व्यक्ति र समाजको आर्थीक अवस्थामा परिवर्तन आउँछ,’ अध्यक्ष थापाले भन्नुभयो ‘अहिले धेरै प्रबिधि आएको छ, धेरै संस्थाहरु खुलेका छन्, तिनीहरुबाट प्राप्त सेवा सुविधाको सही ढंगले लाभ लिन तर्फ सोचौ, यसो भयो भने हामी गरिबीको रेखा मुनी बस्नु पर्दैन ।’

No description available.

उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार डिलबहादुर कार्की, काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका अध्यक्ष प्रेम लामिछाने, भिमसेन क्याम्पस बिहुँका प्रमुख बालकृष्ण कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No description available.

सो अवसरमा संस्थाले यसवर्षदेखि अपांगता भएकाहरुलाई अपांग भत्ता दिने व्यवस्था अनुसार पहिलो पटक काठेखोला ७ रेशका शारिरिक अपांगता भएका भक्तबहादुर कुवरलाई एक हजार रुपैयाँ अपांगता भत्ता प्रदान गरिएको थियो । दीर्घकालीन बचत गर्ने शेयर सदस्य काठेखोला गाउँपालिका ७ रेशकी चन्द्रकला गौतम, उत्कृष्ट कर्जा कारोबार गर्ने काठेखोला ४ का सर्वजित थापालाई सम्मान गरिएको थियो ।

No description available.

संस्थाका संस्थापक संचालक चूर्णबहादुर कार्कीलाई काठेखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पुग्नु गौरवको बिषय भन्दै पेशागत जीवनको सफलताको कामना सहित काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा र संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

No description available.

साधारणसभाले संस्थाका सचिव ललिता थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कीले पेश गरेको आर्थीक प्रतिवेदन र लेखा संयोजक थानेन्द्रप्रसाद गौतमले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

No description available.

अहिले आदर्श सञ्चार सहकारी संस्थामा २ हजार २ सय २८ जना शेयर सदस्य, ४ करोड ५१ लाख शेयर पूँजि, ३२ करोड निक्षेप र २८ करोड कर्जा लगानी भएको आदर्श सञ्चार सहकारी संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।

No description available.

कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाको बारेमा प्रस्ट्याउँदै अब आदर्शले आर्थीक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई जोडेर अभियान र कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो ।

No description available.

संस्थाको २१ गते आइतबार गलकोटमा एकाई साधारणसभा हुनेछ भने २२ गते बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाका बिभिन्न वार्डको छुट्टा–छुट्टै २४, २५, २६ र २७ गते बागलुङ बजारमा गरिने संस्थाका प्रबन्धक दिपक सापकोटाले जानकारी दिनुभयो ।

No description available.

साधारणसभाको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’को अध्यक्षता, सह–सचिव सरस्वती खड्का परियारको स्वागत मन्तव्य र सह–सम्पादक सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *