मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड दैनिक ६ घण्टा बन्द

आदर्श अनलाइन, बागलुङ
लामो समयदेखि ठेकेदार कम्पनीको वेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि काम हुने भएको छ । मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रिया कार्यक्रममा मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि दैनिक ६ घण्टा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपानेले जानकारी दिनुभयो ।

लोकमार्गको खहरेमा विहान ७ बजे देखि ९ बजे सम्म र दिउँसो ११ बजे देखि ३ बजे सम्म बन्द गरेर चट्टान काट्ने निर्णय भएको छ ।

बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका आधिकारिक प्रतिनिधि दिपेन्द्र शाहीले खहरेमा चट्टान कटानका लागि सवारी बन्द गर्न माग गरेपछि २० दिनका लागि समय तालिका अनुसार दैनिक ६ घण्टा सवारी आवत–जावत बन्द गरिने भएको हो ।

शाहीले काममा ढिलाई प्रति आत्मआलोचना गर्दै अबको ६ महिना भित्रै कालोपत्रे गर्ने योजना अनुसार सडक बन्द गर्न थालिएको छ ।

सदरमुकाम नजिकै रहेको उपल्लाचौर–अक्षेते–खण्डको खहरेको भीर कटानका लागि २० दिन समय तालिका बनाएर लोकमार्ग बन्द गरी काम थालिने निर्माण व्यवसायीले जनाएको छ । यही मङ्सिर २५ गतेदेखि पौष १५ सम्म खहरेको चट्टान काट्ने गरी जिल्ला प्रशासनले समय तालिका समेत निकालि सकेको छ ।

सवारी साधन बन्द गरिएको समयमा साना सवारी साधनहरु बागलुङ बजार देखि गहते हुँदै खहरे देखि पाला हुँदै अछेते जाने गरी वैकल्पिक सडक प्रयोग गर्न मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाका कार्यालय प्रमुख मेघराज मराशीनीले जानकारी दिनुभयो । सडक निर्माण र वैकलिपक सडकका लागि काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकासंग समन्वय गरिएको आयोजनाको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *