महाभुकम्पको पाँच वर्ष, बागलुङमा साढे एक हजार निजी आवास निर्माण

आदर्श अनलाइन, बागलुङ
भुकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५ सय निजी आवास २९ पुर्ननिर्माण भएका छन् ।

वि.स.२०७२ सालको भुकम्पले क्षतीग्रस्त जिल्लाका दुई हजार २ सय ४२ घर मध्ये हाल सम्म एक हजार ५ सय २९ घरको पुर्ननिर्माण सम्पन्न भएको छ । बागलुङमा हाल सम्म पुर्ननिर्माणको भौतिक प्रगती ६६ प्रतिशत छ ।

भुकम्पले क्षति पु¥याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङले पछिल्लो समय पुर्ननिर्माणले गति लिएको जनाएको छ । पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुर्ननिर्माणमा लाभग्राहीले निर्माण गरेका घरहरुलाई समेत रकम दिने निर्णय गरेपछि पुर्ननिर्माणको प्रगती बढेको छ ।

जिल्लामा पुर्ननिर्माण तर्फका दुई हजार ४ सय ८२ लाभग्राहीको घर पुर्ननिर्माण र १ सय ७१ घर प्रबलिकरण गर्ने सूचिमा रहे पनि जम्मा दुई हजार ३ सय १७ लाभग्राहीले पुर्ननिर्माणका लागि र १ सय २५ लाभग्राहीले प्रवलिकरणका लागि सम्झौता गरेकोमा हाल सम्म एक हजार ५ सय २९ घर पुननिर्माण र जम्मा २ घर प्रवलिकरण सम्पन्न भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बगालुङका प्रमुख रेणुकाकुमारी पण्डेयले जानकारी दिनुभयो ।

“निजी आवासमा ६६ प्रतिशत घर पुर्ननिर्माण सम्पन्न भएका छन्” पाण्डेले भन्नुभयो “सम्झौता गरेका लाभग्राही मध्ये दुई हजार ३९८ घरले पहिलो, एक हजार ७ सय ६६ घरले दोस्रो र एक हजार ५ सय २९ घरले तेस्रो किस्ता बुझेका छन् ।”

जसमध्ये उनीहरुले ६६ प्रतिशत घर निर्माण सम्पन्न पश्चातको अन्तिम किस्ता लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बगालुङले जनाएको छ ।

सम्र्पकमा छैनन् २ सय ११ लाभग्राही

निजी आवास पुनःनिर्माण लाभग्राहीको सूचिमा समावेश भएका २ सय ११ लाभग्राही सम्झौता नै गर्न नआएको पुनःनिर्माण प्राधिकरण बागलुङले जनाएको छ । जसमध्ये पुर्ननिर्माण तर्फका १ सय ६५ र ४६ प्रबलिकरण तर्फका लाभग्राही सम्झौता गर्न नआएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बगालुङका प्रमुख पाण्डे बताउँनुहुन्छ ।

उहाँका अनुसार २ सय ११ जनालाई सम्झौता गर्नका लागि यही मङ्सिर मसान्त सम्म अन्तिम समय सीमा दिइए पनि हाल सम्म कोही लाभग्राही सम्र्पकमा आएका छैनन् । लाभग्राहीको सूचिमा रहेका लाभग्राहीले मङ्सिर मसान्त भित्र कार्यालयमा आई सम्झौता गर्न सक्नेछन् । हरेक स्थानीय तहको वडा सम्म छुटेका लाभग्राहीलाई सम्झौता गर्नका लागि आव्हान गरिएको छ ।

प्रवलिकरणमा देखाएनन् लाभग्राहीले चासो
भुकम्पले चर्काएको घर प्रबलिकरण गरेर नयाँ जस्तै घर निर्माण गर्ने सूचिमा परेका बागलुङका १ सय ७१ लाभग्राही मध्ये जम्मा २ जनाले मात्रै घर प्रबलिकरण गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई बागलुङका अनुसार १ सय ७१ लाभग्राही मध्ये १ सय २५ जनाले प्रमथ किस्ता बापतको ५० हजार लगे पनि दोस्रो किस्ता लिन जम्मा २ जना प्रवलिकरण तर्फका लाभग्राही आएका छन् । १ सय २३ प्रबलिकरणका लाभग्राहीले घर प्रबलिकरण गर्न चासो नदेखाएको इकाई प्रमुख पाण्डेको भनाई छ ।

अलि महङ्गो र प्राविधिक रुपमा झञ्झट भएकाले प्रबलिकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् । प्रबलिकरण गर्न आवश्यक रहेको घर भत्काएर पुर्ननिर्माण गर्न खोजेमा पुर्ननिर्माण तर्फ तीन लाख अनुदान दिइने व्यवस्था भए पनि लाभग्राही नआएको इकाई कार्यालयको भनाई छ ।

प्रबलिकरणका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि लाभग्राही आकर्षित नभएको हुन सक्ने ईकाईको अनुमान छ । घर पुर्ननिर्माण गर्नका लागि तीन किस्तामा तीन लाख र प्रबलिकरण गर्न दुई किस्तामा एक लाख अनुदान रकम दिइदै आएको छ ।

जिल्लामा अन्य संरचना पनि पुर्ननिर्माण
पुर्ननिर्माण प्राधिकरणले निजी आवास सँगै एकिकृत वस्ती निर्माण, सडक मोटरेवल पुल तथा मन्दिर निर्माण गरिरहको छ । प्राधिरणले रु.१७ करोड बढि लागतमा बुर्तिाबाङ–तमानखोला सडकको १० किलोमिटर सडक ग्राभेल गरेको छ । उक्त सडकमा पर्ने लुकुरबन र भालुबाङ खोलामा दुई मोटरेवल पुल निर्माण गरिरहेको प्राधिकरण कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिका ११ स्थित रायडाँडामा गुम्बा निर्माण गर्न समेत पुर्ननिर्माण प्राधिकरणले काम अगाडी बढाएको छ । झण्डै ६३ लाखको लागतमा निर्माण थालिएको ८ सय बर्गमिटरको गुम्बा दुई तलाको हुनेछ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० परिवारका लागि एकिकृत वस्ती निर्माण गर्न जग्गा खरिद भएपनि घर निर्माण अगाडी बढेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *