सांसद केसीकी आमाको निधनप्रति राष्ट्रियसभाका अध्यक्षद्वारा श्रद्धाञ्जली व्यक्त

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीय सांसद मनकुमारी केसीकी ममतामयी आमाको निधनमा श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

सांसद केसीकी ममतामयी आमा हरिकला खत्रीको निधन भएको नबौं दिनको पुण्य तिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठी पुगेर आज बिहान श्रद्धाञ्जली व्यक्त गर्नुृभएको छ ।

‘संघीय सांसद मनकुमारी केसी र गंगा केसीकी ममतामयी आमा हरिकला खत्रीको दुखद् निधनमा गहिरो शोक प्रकट गर्दछु’–राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ।

तिमिल्सिनाले शोकको यस घडिमा दिवंगत हरिकला खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै माननीय मन कुमारी केसी लगायत शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्नुभएको थियो । खत्रिको ७७ वर्षको उमेरमा निवासमै निधन भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *