ताराखोलामा औद्योगिक ग्रामका पूर्वाधार निर्माण सुरु, मन्त्री लम्साल द्धारा शिलान्यास

आदर्श अनलाइन, बागलुङ
बागलुङको ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम शिलान्यास भएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले औद्योगिक ग्रामको शनिबार शिलान्यास गरेका छन् ।

ताराखोला गाउँपालिकामा शिलन्याश भएको औद्योगिक ग्राम पूर्वाधार निर्माण थाल्ने जिल्लाको दोस्रो औद्योगिक ग्राम हो । प्रदेश सरकारको सहयोगमा आगामी असार मसान्तसम्म काम सम्पन्न हुनेगरी औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधारहरु निर्माण हुनेछन् ।

औद्योगिक ग्राममा विशेष गरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ ।

प्राकृतिक रेशा उत्पादन वा रेशामा आधारित उद्योग तथा काठ बेतबाँसजन्य फर्निचर उद्योग सञ्चालन गर्न सकिने छ भने सौर्य उर्जा, नवीकरणीय उर्जा उत्पादन गर्न मेसिन उपकरण निर्माण सँग सम्बन्धित उद्योग ,बायोग्यास प्लान्ट उद्योग समेत सञ्चालन गर्न सकिन्छ ।

औद्योगिक ग्रामको शिलान्याश गर्दै मन्त्री लम्सालले गाउँ गाउँमा साना तथा मझौला उद्योगहरुको स्थापना गरेर उत्पादन बढाउन प्रदेश सरकारले लगानी गरिरहेको बताए ।

औद्योगिक ग्राम निर्माणपछि व्यवसायीक वातावरण बन्ने भन्दै मन्त्री लम्सालले युवाहरुलाई व्यवसायमा आकर्षित गरेर रोजगारी सिर्जनाको वातावरण बनाउने बताए ।

ताराखोला धेरै सम्भावना बोकेको ठाउँभएको चर्चा गदै उनले स्थानीय स्तरमा प्राप्त हुने कोदो,मकै,धान,कहुँ,फापर,दुध ,मह ,चिया कफी ,फलफूल जडीबुटी लगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमुलक उद्योग निर्माण गर्नुपर्नेमा जोडदिए ।

शिलन्याश कार्यक्रममा संविधानसभा सदस्य नरबहादुर थापा, प्रदेशसभा सदस्य चन्द्र बहादुर बुढा, मन्त्रालयका सचिव डा. महेश्वर ढकाल लगायत सहभागी थिए ।

सडक, पर्खाल, विद्युत, खानेपानी, शौचालयलगायतका संरचना औद्योगिक ग्रामका लागि तयार गरिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले बताए ।

गण्डकी प्रदेश सरकारले पहिलो चरणमा ८५ स्थानीय तहमध्ये २० स्थानीय तहमा उद्योगग्राम निर्माण गर्दैछ । बागलुङका दुई स्थानीय तहमा मात्रै औद्योगिक ग्राम बन्ने छन् ।

स्याङ्जाको गल्याङ, चापाकोट, पुतलीबजार, वालिङ नगरपालिका र अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिका, तनहुँको भानु नगरपालिका र आबुखैरेनी, ऋषिङ्ग, बन्दीपुर गाउँपालिका, गोरखाको सिरानचोक र शहिद लखन गाउँपालिका, मनाङको चामे गाउँपालिका, लमजुङको राईनास, पर्वतको कुश्मा नगरपालिका र जलजला र बिहादी गाउँपालिका, बागलुङको बाग्लुङ नगरपालिका र ताराखोला गाउँपालिका तथा नवलपरासी (बर्दाघाट सुस्तपूर्व)को बौदीकाली गाउँपालिकामा औद्योगिक ग्राम बन्ने मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *