‘कोरोनालाई बाहना हैन अवसरमा परिणत गरौं’

आदर्श अनलाईन, बागलुङ
संकटमानै पत्रकारिताको भूमिका अझै बढेर जाने भएकाले कोरोनालाई बाहना हैन अवसरमा परिणत गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले औलाएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को चपेटामा परेको नेपालको पत्रकारिता र अबको बाटो विषयमा पर्वतमा आयोजना गरेको पत्रकार अन्तरक्रिर्यामा सहजीकरण गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले संकटलाई अवसरमा बदल्नु पर्ने भन्दै कोरोनालाई देखाएर पत्रकारहरु जिम्मेवारीबाट भाग्न नहुँने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पर्वतको कुश्मामा आयोजना गरेको ‘कोभिड–१९ ले सञ्चार क्षेत्रमा पारेको असर र अबको पत्रकारिता’ विषयक अन्तरक्रियामा सहजीकरण गर्दै शिव गाउँलेले खोज पत्रकारितानै अबको बिकल्प भएको बताउनुभयो ।

यस्तै महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले कोभिडका कारण सञ्चार क्षेत्र सबैभन्दा ठूलो समस्यामा परेको बताउँदै सजग भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले पहिला आफू स्वस्थ्य भएमात्र स्वस्थ्य र सक्रियरुपमा पत्रकारिता गर्न सकिने बताउँदै स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालन गरेर कार्यक्षेत्रमा खटिन आग्रह गर्नुभयो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले कोभिड–१९ ले मोफसलका सञ्चार माध्यमहरु सबैभन्दा मारमा परेको बताउँदै यसका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

पत्रकार र सञ्चार माध्यमको निरन्तरताका लागि राज्यको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । कार्यक्रममा पर्वत, बागलुङ म्याग्दीका पत्रकारको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *