ओली सरकार इतिहासकै भ्रष्ट, बदनामी र अलोकप्रिय–नेता केसी

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले ओली सरकार इतिहासकै भ्रष्ट, बदनामी र अलोकप्रिय भएको आरोप लगाउनुभयो ।

नेपाली कांग्रेस बागलुङले बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता केसीले वर्तमान सरकारले भ्रष्टचारी र अपराधीलाई संरक्षण गर्ने बाहेक केही गर्न नसकेको बताउनुभयो ।

‘कम्युनिष्ट सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटनाहरु दिनानु दिन बढि रहेको छ, सरकारले अपराधीहरुलाई संरक्षण गरेर राख्छ, पीडित न्याय नपाएर आत्महत्या गर्न बाध्य भएका छन्’ नेता केसीले भन्नुभयो ।

उहाँले लामो समयको संघर्षपछि मुलुकमा लोकतन्त्र ल्याएको र कम्युनिष्ट सरकारले यसलाई अलोकतान्त्रीक तर्फ धकेली रहेको भन्दै कांग्रेस फेरी लोकतन्त्रकै लागि जाग्नु पर्ने अवस्था आएको बताउनुभयो ।

‘यो सरकारले लोकतन्त्रको खोल ओढेर एक दलिय शासन तर्फ गएको छ, यो कसैलाई मान्य छैन, यसको लागि कांग्रेस फेरी एक पटक लड्नु पर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो ‘काँग्रेसले लोकतन्त्र विरुद्ध कसैसंग पनि सम्झौता गर्दैन, लोकतन्त्रको रक्षाका लागि हामी चुप लागेर बस्दैनौँ ।’

कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौलेडलले सरकार प्रजातन्तको नारा लगाउँदै अलोकतान्त्रीक काम गरिरहेको बताउनुभयो ।

उहाँले आम नागरिको अधिकारलाई कुण्ठित गरेको आरोप लगाउनुभयो । कोरोना महामारी नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको भन्दै यस्तो बेला पनि सरकार कमिशन र भ्रष्टचारमा बढी सक्रिय भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति गोविन्द कँडेलले लगायतका नेताहरुले बोलेका थिए । नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापाको अध्यक्षता, उपसभापति तुलासिंह घर्तीकोस्वागत र सचिव नवराज पौडेलको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *