आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।
झण्डै एक करोड ५ लाखको लागतमा निर्माण सम्पन्न भएको तीन तला पक्की भवनको आज एक समारोहका बीच उद्घाटन गर्नुभएको नेपाल पत्रकार महासंघ ागलुङका अध्यक्ष दिलि शिरिक्षले जानकारी दिनुभयो । महासंघ बागलुङ शाखाको १२ औं वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रम एकैसाथ गरिएको हो ।