उठ्दै छ कोरोनाले थलिएको पर्यटन व्यवसाय

डम्मर बुढा मगर, बागलुङ
विगत नौ महिना देखि सुस्ताएको पर्यटन क्षेत्रमा बिस्तारै सकरात्मक संकेत देखिन थालेको छ । जिल्लाका सबै पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटकहरु बढ्न थालेका छन् । विश्वभर महामारी फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै खुल्न थालेका हुन् ।

जिल्लाका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकहरुको दिनहुँ आगमनभई रहको पाइएको छ । लामो समय देखि पर्यटकलाई पर्खिएका रमणिय क्षेत्रहरु सामाजिक संजाल र विभिन्न मिडियाहरुमा देखिन थालेका छन् ।

बागलुङमा विगतका वर्षमा भन्दा बढीपर्यटक भित्राउने लक्ष्य राखे पनि कोभिड–१९ का कारणलक्ष्य पुरा हुननसकेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो । अध्यक्ष खड्काले कोरोना कहरका कारण पर्यटनवर्ष २०२० सफल हुन नसकेको भन्दै यो नौँ महिनाको अवधीमा करिब ५० लाख आन्तरिक तथा बाह्य पर्यटक बागलुङमा आउनबाट वञ्चित भएको बताउनुहुन्छ ।

‘यो वर्ष विगतको तुलनामा भन्दा दोब्बर पर्यटक आउने अनुमान गरेका थियौँ, किनकी यस अवधीमा पर्यटन भ्रमण वर्ष २०२० पनि थियो, हामीले त्यही अनुसार हाम्रा पर्यटकीय क्षेत्रहरुको प्रचारमा जुटेका थियौँ,’ अध्यक्ष खड्काले भन्नुभयो ‘कोभिड–१९ ले गर्दा सबै सफलहुनदिएन, डामाडोल बनायो, पर्यटन क्षेत्रनै तहसनस बनायो ।’

उहाँले एक वर्षमा २५ लाख आन्तरिक पर्यटक बागलुङ कालिकामा मात्रै आउने गरेकोमा जिल्लाभर दोब्बर आन्तरिक पर्यटक आउन सक्ने आँकलन गरेको बताउनुभयो । खड्काले यस वर्ष पर्यटकीय क्षेत्रको तीव्र प्रचार गरि रहेको र पर्यटनवर्षको सन्दर्भमा झनै पर्यटक बढ्ने अपेक्षा लिए पनि साकार हुन नसकेको भन्दै अब बिस्तारै पर्यटन विकासमा लाग्ने बताउनुभयो ।

‘पर्यटन भ्रमण वर्षको सन्दर्भ रहामीले गरेको प्रचारले यो वर्ष उल्लेख्य रुपमा पर्यटक भित्राउन सक्छौँ भन्ने लागेको थियो, त्यही अनुसार तयारी पनि राम्रै गरेका थियौँ,’ खड्काले भन्नुभयो ‘तर पर्यटन भ्रमण वर्ष सुरु भएको केही समयमै कोभिड–१९ ले प्रभावित बनायो, अब पर्यटकलाई तान्ने तरिकाले काम सुरु गर्ने तयारीमा छौँ ।’

उहाँले अब कोरोना सँग जुध्दै स्वास्थ्य मापदण्ड अपनाएर पर्यटन विकासमा लाग्ने भन्दै पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणमा जोड दिने बताउनुभयो । अध्यक्ष खड्काले पर्यटन व्यवसायीहरु प्नि कोरोनाका प्रभावका कारण थला परेको भन्दै उनीहरुलाई माथि ल्याउनका लागि पहल थालिने बताउनुभयो ।

‘पर्यटन व्यवसायीहरु निकै धरापमा छन्, व्यवसायनै धरापमा परेको छ, उनीहरुको व्यवसायलाई पनि टेवापुग्ने गरि पर्यटकलाई भित्राउन जरुरी छ,’उहाँले भन्नुभयो ‘स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाएर पर्यटन प्रर्बद्धन गर्न जरुरी छ, सरकारी क्षेत्र बाट पनि त्यही अनुसार काम हुनुपर्छ ।’

उहाँले जिल्लाको पर्यटनलाई थप प्रवद्र्धन गर्नका लागि सबै पालिका सँग समन्वय गर्ने बताउनुभयो । अध्यक्ष खड्काले १० वटै पालिकाका मुख्य पर्यटकीय गन्तव्यहरुको पहिचानका लागि स्थानीय सरकारसँग सहकार्य गर्ने भन्दै प्रचारलाई समेत तीव्रता दिने बताउनुभयो ।

‘हामीले जिल्लाका सबै स्थानीय तहहरुसँग समन्वय गरेर पर्यटन प्रवद्र्धनमा लाग्ने योजना बनाएका छौँ,’उहाँले भन्नुभयो ‘१० वटै पालिकाको मुख्य पर्यटकीय गन्तव्यहरुलाई समेटेर भिडियो प्रोफाईल समेत बनाउने तयारी गरेका छौँ,भिडियो प्रोफाइल मार्फतती क्षेत्रहरुको प्रचारमा थप टेवापुग्ने छ ।’
पर्यटकीय क्षेत्रको विकासका लागि होटल तथा होम–स्टे पनि व्यवस्थित गर्न जरुरी रहेको भन्दै खड्काले सडक, पदमार्ग र पूर्वधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

‘प्रचार गरे मात्रै पर्यटकलाई भित्राउन सकिदैन,पर्यटक आउँदाबस्ने खाने राम्रो होटल तथा होम–स्टे व्यवस्थित गर्नु जरुरी छ, तिनीहरुलाई पनि सुधार गर्नु पर्नेछ,’अध्यक्ष खड्काले भन्नुभयो ‘प्रचारसँगै अन्य व्यवस्थापन पनि राम्रो भयो भने पर्यटकलाई सहजै तान्न सकिन्छ र गन्तव्य सम्म पुग्ने सडक तथा पदमार्गलाई पनि व्यवस्थित गराउनु पर्छ ।’

उहाँले पर्यटन विकासमा पूर्वाधार निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर पर्यटन गुरु जोजना बनाएर बताउने बताउनुभयो । त्यस्तै जिल्लामा पर्यटन कार्यालय स्थापन गर्नका लागि प्रदेश सरकार सँग आग्रह गरिरहेको बताउनुभयो ।

पर्यटन समितिको आग्रहलाई प्रदेश सरकारको पर्यटन मन्त्रालयले ग्रहणगर्दै केही समयमा बागलुङ पर्यटन कार्यालय स्थापना गरी दिने आश्वासन दिएको बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्लासले बागलुङ लगायत प्रदेशका ११ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने बताउनुभयो । उहाँले सबै जिल्लामा एक जनाअधिकृत तहको उप–सचिव सहितका कर्मचारी राख्ने बताउनुभयो ।

पर्यटनबाटै प्रदेशमा समृद्धि साँसिल गर्न सकिने भन्दै रहेक जिल्लामा आवश्यक पूर्वाधार निर्माण गर्नेदेखि कार्यालय स्थापना गरेर पर्यटन सम्बन्धि कामका लागि पोखरा जाने झण्ड टहटाइने बताउनुभयो ।

‘पर्यटनबाटै समृद्धि हासिँल गर्ने भनेका छौँ, कार्यालय स्थापनागर्ने र पूर्वाधार निर्माणमा जोड नदिने त कुरै भएन यो सकारको तर्फबाट हुन्छ,’मन्त्री लम्सालले भन्नुभयो ‘संभावित ठाउँको अध्ययन गरेका गरेर हामीलाई प्रतिवेदन पठाउनुस, पूर्वाधार निर्माण र विकासका लागि हामी बजेट मिलाउँछौँ ।’

उहाँले पर्यटन पूर्वाधार निर्माण गरेर मात्रै पर्यटकलाई आकर्षण गर्न नसकिने भन्दै कला संस्कृति र रहन सहनलाई पनि व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

‘पूर्वाधार निर्माणका लागि हामीले धेरै लगानी गरेका छौँ, अझै निरन्तर रहन्छ, तर पूर्वाधार विकास निर्माणमात्रै पर्यटकलाई तान्न सकिदैन,’लम्सालले भन्नुभयो ‘हाम्राकला संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्न जरुरी छ र बस्ने खाने ठाउँको पनि सही व्यवस्थापन हुन जरुरी छ ।’

उहाँले सरकारले हामे–स्टे व्यस्थापनलाई पनि महत्वका साथ लिएको भन्दै प्रदेश भर रहेका सबै होम–स्टेलाई सुधार गरेर पर्यटक मैत्री बनाउनु पर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *