मुख्यमन्त्री गुरुङद्वारा धौलागिरी अस्पतालको निरिक्षण

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोना सक्रमितको उपचार गराई राखेको धौलागिरी अस्पताल बागलुङको निरिक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मंगलबार साँझ धौलागिरी अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो ।

धौलागिरी अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको भन्दै मुख्यमन्त्री गुरुङ अस्पताल सुधारका लागि पटक–पटक निरिक्षणमा आउने गरेको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो ।

मगरका अनुसार मुख्यमन्त्री गुरुङले अस्पतालको अक्सिजन प्लान्ट, आइसियु, सर्जिकल वार्ड लगायतको अवलोकन गर्नुभएको थियो । मन्त्री गुरुङले कोरोना सक्रमित भएर आइसोलेसन तथा आइसीयुमा रहेका बिरामीको अवस्था सिसि टिभि फुटेजबाट प्रत्येक्ष अवलोकन गरी जानकारी समेत लिनुभएको थियो ।

धौलागिरी अस्पताल व्यवस्थापन समितिले निरिक्षणमा पुग्नुभएको मुख्यमन्त्रीलाई आइसीयु कक्षलाई सबै क्षमतामा चलाउन जनशक्ति अभाव रहेको, तीन शैयाको आइसीयुलाई पाँच शैयामा स्तरवृद्धि गर्नुपर्ने र अक्सिजन भर्ने उपकरण खरिदका लागि बजेटमाग लगायतका समस्या अवगत गराएको थियो ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारको पहलमा धौलागिरी अस्पतालमा निकै सुधार आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले कोरोना रोकथाममा अस्पतालले खेलको भूमिकाप्रति प्रशंसा गर्नुभएको थियो । धौलागिरी अस्पताल गण्डकी प्रदेशमानै पहिलोपटक कोरोना सक्रमितको उपचार गर्ने अस्पताल हो ।

शुरुमा कोरोना सक्रमित राख्दै आएको अस्पतालले पछिल्लो समय सक्रमितको चाप बढ्दै गएपछि लक्षण देखिएका संक्रमितलाईमात्रै भर्ना लिदै आएको छ । अस्पतालमा हाल तीन आइसीयु, दुई भेन्टिलेटर र २५ वेडको आइसोलेसन कक्ष रहेको छ ।

गण्डकी प्रदेश सरकारले २०० शैयाको उपप्रादेशिक अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको लक्ष्य अनुरुप काम भइरहेको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *