रामरेखामा मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते

आदर्श अनलाइन, बागलुङ
रामरेखा ओमशान्ति चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा ओमशान्ति चोकमा शनिरबार दिउसो बा ९२ प २०३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा वडा नम्बर ८ का ३१ वर्षीय नेत्र कार्कीको घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

घाइतेलाई उपचारको लागि पोखरा रेफर गरिएको उहाँको भनाई छ । बाजरबाट रामरेखा जादै गरेको मोटरसाईकल रामरेखाबाट आउदै गरेको लु ४ त ३२३४ नम्बरको ट्याक्टरसँग साँघुरो सडकमा झुक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *