पहिलो पटक सिगाना पुगेको नगरबसमा तोडफोड

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका भित्र नगरबस सञ्चालन गर्नेगरी बागलुङ नगरपालिकाले सडक स्तरोन्नतीलाई तिब्रता दिएको छ । सडक चौडा हुँदै गएपछि यही मंसिर २५ गते देखि सिगानामा बस सेवा सञ्चालनमा आएको थियो । बस सञ्चालनमा आएसंगै पीकअप जीपको सिन्डकेट अन्त्य भएको भएपनि गयराती नगरबसमा ढुङ्गा प्रहार गरी क्षति पु¥याइएको छ ।

धौलागिरी यातयता सेवा प्रालिको ध १ ख ५७३ नम्बरको बस गुडिरहेको अवस्थामा गाविस गुम्टीमा अज्ञात समूहबाट ढुङ्गा प्रहार भएको छ । गुडिरहेको बसमा माथिबाट ढुङ्गा प्रहार भएपछि अगाडिको सिसा फुटेको छ । ढुङ्गा कस्ले र किन हान्यो भन्ने खुल्न नसकेको सह–चालक गशेण जिसीले जानकारी दिनुभयो ।

सिगानामा पहिलोपटक सञ्चालनमा आएको नगरबसमा ढुङ्गा हानीनु शंकाको विषय बनेको स्थानीयको भनाई रहेको छ । शौलियत भाडादरमा सञ्चालनमा आएको बसका कारण जीप व्यवसायीहरु मर्कामा परेको भन्दै ढुङ्गा हानेको स्थानीयको आशंका रहेको छ । यस अघि पनि नगरबस सञ्चालन गर्ने भनिएपनि बस पुगेको पहिलो दिनमै तोडफोड भएको थियो । पटक–पटक बसमा क्षति हुनुले सिन्डकेटको शंकेत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *