घट्यो मानव अधिकार उल्लङ्घनका घटना

आदर्श अनलाइन, बागलुङ
अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएको छ । बन्दाबन्दी र कोरोनाका कारण मानवज अधिकार उल्लाङ्घनका घटना बाहिरा नआउदा तथ्याङ्कमा कमी आएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङले आइतबार आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२१ को वर्षिक समिक्षा कार्यक्रममा यस वर्ष मानवअधिकार उल्लङ्घनका घटनामा कमी आएको पाइएको छ । २०२०को जनवरीदेखि नोभेम्बरसम्म ६६ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको पाइएको छ ।

No description available.

२०१९मा १११ मानव अधिकार उल्लङ्घनका घटना घटेपनि यस वर्ष भने जम्मा ६६ वटा घटना घटेको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिनुभयो ।

‘गत वर्षको तुलनामा यस वर्ष तथ्याङ्कका आधारमा घटनाहरु घटेको पाइएको छ’ पन्तले भन्नुभयो ‘कोरोनाका कारण घटनाहरु भएरपनि बाहिर नआएका हुन्, बन्दाबन्दीको शुरुवातीको तीन महिनामा घटनाहरु घटेपनि उजुरी तथा निवेदन दर्ता नभएको पाइएको छ ।’

इन्सेक बागलुङका अनुसार मावअधिकार वर्ष पुस्तक २०२१ को लागि सन् २०२० को जनवरीदेखि नोभेम्बर सम्म ६६ वटा मानवअधिकार उल्लङ्घनका घटना घटेको पाइएको छ ।

No description available.

मानव अधिकार उल्लङ्घनका घटनाहरु मध्ये बालअधिकारका ६, महिला विरुद्ध हुने हिंसा ८, घरेलु हिंसा ४२, सामाजिक तथा साँस्कृतिक अधिकार १, राजनीति अधिकार ४, गाली बेइज्जती १ र कुटपिटको १ वटा रहेको इन्सेक बागलुङ प्रतिनिधि सृजना पन्तले जानकारी दिनुभयो ।

मानव अधिकार वर्ष पुस्तक वर्ष २०२१ को समिक्षा कार्यक्रममा आफ्ना धारणा राख्दै संंघीय सांसद मनकुमारी केसीले इन्सेकले हरेक प्रकाशन गर्दै आएको वर्ष पुस्तक देशको कानुन निर्माणमा समेत सहयोगी भएको बताउनुभएको छ ।

No description available.

सांसद केसीले महिला, बालबालिका, अपाङगता भएका, जेष्ठ नागरिक र विभेदमा परेकाहरुलाई न्यायको पहुँचमा ल्याउन र अधिकार दिलाउनको लागि इन्सेक र इन्सेकका प्रकाशनहरु धेरैको लागि सहयोगी भएको बताउनुभयो ।

राज्यले राख्न नसकेको अभिलेख इन्सेकले राखेर राज्यलाई गम्भिर बनाउँनको लागि इन्सेकले खेलेको भुमिका महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

No description available.

कार्यक्रमा बागलुङका प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपानले जिल्लाका स्थानिय तहमा रहेका न्यायीक समितिलाई सक्रिय बनाउनको लागि इन्सेकले भुमिका खेल्नुपर्ने बताउनुभएको थियो । उहाँले न्यायीक समितिलाई अहिले पनि पीडितले विश्वास गर्न नसकेको भन्दै न्यायीक समितिहरु पीडित मैत्री बन्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव ज्ञामनाथ गैरे अनिलले गाउँ गाउँमा जातिय विभेद, बालविवाहका घटनाहरु घटिरहेको भन्दै प्रहरी प्रशासनमा मात्र केन्द्रीत नभएर इन्सेकले सिघै पीडित समक्ष पुग्नुपर्ने बताउनुभएको थियो । उहाँले इन्सेकले तथ्याङक संकलनमा भन्दा पीडितलाई न्यायको पहुँचमा पु¥याउन भुमिका खेल्नुपर्ने बताउनुभयो ।

समिक्षा कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती दिपेन्द्र थापाले मानवअधिकारको क्षेत्र रहेकाले अध्यायन र अनुगमनको दायरामा पनि वृद्धि गर्नुपर्ने बताउनुभएको थियो ।

कोरोना महामारीको बेला राज्यबाट चरम मानवअधिकार उल्लङघनका घटना घटे पनि अहिले सम्म त्यसको तथ्याङक कसैले नराखेको बताउनुभयो । उहाँले पछिल्लो समय शिक्षा, स्वास्थ्य र खाद्यको अधिकारमा सरकार गम्भिर नभएको भन्दै सबैभन्दा ठुलो मानवअधिकार उल्लङ्घन राज्यबाट भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल बाल संगठन बागलुङका सभापति रामबहादुर जिसी, अन्तरपार्टी महिला सञ्जालका संयोजक कुशुम बुढा, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हुमा कुमारी जिसी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य भिमा अधिकारी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा (अविरल), नागरिक समाजका देवबहादुर श्रेष्ठ, अधिवक्ता लक्ष्मी जिसी कार्की, पत्रकार तारानाथ आचार्य लगाएतले बोल्नुभएको थियो । कार्यक्रम इन्सेक जिल्ला प्रतिनिधी सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *