ओली नेतृत्वको नेकपामा बागलुङबाट १० केन्द्रीय सदस्य

आदर्श अनलाइन, बागलुङ

बागलुङबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय सदस्यमा १० जना थप भएका छन् ।

ओली नेतृत्वको नेकपामा थप गरेको ५५६ जना केन्द्रीय सदस्य मध्ये बागलुङबाट १० जना परेको जनाइएको छ ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, गण्डकी प्रदेश सदस्य श्री प्रसाद शर्मा, गण्डकी प्रदेश सदस्य गिता शर्मा, ममतादेवि शर्मा, संविधान सभासदस्य नरबहादुर थापा, संघीय सांसद सुर्य पाठक, गण्डकी प्रदेश सदस्य हिरा बहादुर केसी, सुनिल शेरचन, मोहनलाल शर्मा र टेक बहादुर केसी नेकपाको केन्द्रीय सदस्यमा मनोनित गरिएको नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव गोबिन्द नेपालीले जानकारी दिनुभयो । यसमा श्रीप्रसाद शर्मा लगायत केहीले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *