सुखौरावासीको खानेपानीको सपना ४० वर्षमा साकार हुँदै

आदर्श अनलाइन, बागलुङ
सुखौराभन्दा वित्तिकै बागलुङको दक्षिणको सबैभन्दा दुर्गम गाउँका रुपमा परिचित छ । बरेङ गाउँपालिका–५ सुखौरा भूगोलको दुर्गमतासँगै खानेपानीको चरम अभावले वर्षौदेखि ग्रस्त छ । हिउँदको समयमा दुई घण्टा लगाएर खानेपानी बोक्नु सुखौराबासीको दैनिक कर्म हो । सुखौरामा ४० वर्ष देखि खानेपानीको चरम अभाव रहेको स्थानीय बताउँछन् । सुखौराको एउटा दुईवटा टोलमा होइन, साविक सुखौरा गाविसनै पानीको हाहाकार भोग्दै आएको छ ।

सुख्खा क्षेत्र भएकाले सुखौरा आसपासमा प्रयाप्त खानेपानीको स्रोत नहुँदा समस्या झेल्दै आएका सुखौरावासीको सपना भने अबको एक वर्षमा पुरा हुने भएको छ । सुखौराको २ सय ५८ घरमा लिफ्ट मार्फत खानेपानी ल्याउने काम दुई वर्ष अघिदेखि शुरु भएसंगै सुखौराका जनताले केही सुखद अनुभूति गर्ने भएका छन् ।

जिल्लाको सबैभन्दा बढी खानेपानीको अभाव भएको यस क्षेत्रमा गण्डकी प्रदेश सरकारले दुई वर्ष देखि लिफ्ट मार्फत खानेपानी पु¥याउने गरी आयोजना सञ्चालन गरिरहेको छ । ७ करोड ९८ लाख रुपैयाँको लागतमा सुखौराका एक हजार ५ सय ४८ जनसंख्यालाई पुग्ने गरी आयोजनाको काम धमाधम चलिरहेको छ । सुखौराको घम्पु र बाहुनडाँडामा सात वर्ष अघि खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत सोलारबाट ५६ घरधुरीमा खानेपानी पु¥याए पनि अन्य घरमा चरम संकट रहदै आएको छ ।

आयोजनाको काम धमाधम निर्माण भइरहको र अहिले सम्म ६० प्रतिशत आयोजनाको काम सकिएको खानपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङका इन्जिनियर विक्रम शाहले जानकारी दिनुभयो ।

“आयोजना दु्रत गतिमा अगाडी बढेको छ, खानेपानीको संकट भएको सुखौरामा एक वर्षको सेरोफेरोमा लिफ्ट मार्फत पानी वितरण गछौं ।” शाहले भन्नुभयो खानेपानीको स्रोत नभएको सुख्खा ग्रस्त क्षेत्रमा लिफ्टमार्फत खानेपानी पु¥याउने गण्डकी प्रदेश सरकारको योजना अनुसार सुखौराका जनतालाई खानेपानी प्रदान गर्न थालिएको हो ।”

सुखौराका अधिकांश समुदायहरुले हिउँदको फागुन, चैत, वैशाख र जेठ महिनामा दुई घण्टा हिडेर पानी ल्याउने गरेको स्थानीय अमृता पुनले जानकारी दिनुभयो । “अन्यत्र विकासका ठूला ठूला काम भएको सुनिन्छ, हाम्रो गाउँमा खानेपानी ल्याउनै दुई घण्टा हिड्नुपर्ने समस्या छ” अमृता पुनले भन्नुभयो “गृहेणी महिलाको जीवन पानी बोकेरै जालाकी भन्ने थियो, तर अहिले लिफ्ट मार्फत पानी आउने भएको छ, हाम्रा धारामा खानेपानीनै ठूलो विकास हो ।”

हिउँदको समयमा खानेपानी बोक्दा बोक्दै अन्य काम गर्न नभ्याउने समस्या भएको स्थानीय कुमारी पूर्जाले बताउनुभयो । “दैलोमै खानेपानी आउने सपना पुरा हुँने भएको छ, खानेपानी आयोजनाको श्रमदानमा खटिरहेका छौं ” पूर्जाले भन्नुभएको छ “अबको एक वर्षमा धारामा पानी आउने आश छ, खानेपानीको ४० वर्षेदेखिको सपना पुरा हुँनेभएको छ ।

खानेपानी आयोजना शुरु भएको २०७५ चैत देखि अहिले सम्म रु. दुई करोड ६२ लाख ३८ हजार खर्च भइसकेको बरेङ सुखौरा लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितका अध्यक्ष अनिल भट्टराईले जानकारी दिनुभयो ।

सात वर्ष दुबै बसेर घरमा आउनुभएको भट्टराईले पुन विदेश जाने प्रकृया बढाएको समयमा खानेपानी आयोजना बन्ने भएपछि विदेश त्यागेर खानेपानी आयोजनालाई सार्थकता तुल्याउन लागि परेको भट्टराईको भनाई रहेको छ ।

“देश विदेशको विकास हेरियो, आफ्नो गाउँमा खानेपानी बोक्न दुई घण्टा लाग्छ” भट्टराईले भन्नुभयो “बसार्य सराईले गर्दा समितिमा बसेर खट्ने मान्छे गाउँमा नभएकाले आफ्नै अध्यक्ष भएर काम गरिरहेको छु, अबको एक वर्षमा आयोजना सक्ने लक्ष्य रहेको छ ।

उहाँका अनुसार तम्मुखोला छेउमा रहेको मुहानमा एक लाख लिटरको ट्याङ्की निर्माण गरी एक हजार २५० मिटर माथी पु¥याएर सुखौरा गाउँलाई वितरण गर्नेगरी आयोजना निर्माण भइरहेको छ । मुहानको पानीलई ६४५ मटिर माथी पु¥याएर ट्याङकीमा हालिन्छ, त्यहाबाट केहीगाउँमा वितरण पश्चात पुन ६४० मिटर माथी पु¥याएर सुखौराको पुरै गाउँलाई खानेपानी पु¥याइन्छ ।

खानेपानीको मुहान र धम्पु गाउँमा एक÷एक लाख लिटरको ट्याङकी, एक हजार २५० मिटर स्टिल तथा जिआई पाइप, १५ किलोमिटर वितरण पाईप, १५ वटा शाखा ट्याङ्की, लिफ्टका लागि आवश्यक केन्द्रिय विद्युतको दुई किलोमिटर प्रशारणलाई निर्माण ९ वितरण इन्टेक, मुहानमा शौचालय सहितको एक कोठे भवन लगायतका संरचना निर्माण भइसका छन् ।

यस वर्ष आयोजना अगाडी बढाउन रु. ७४ लाख बजेट विनियोजन भएको छ । अर्को आर्थिक वर्ष भित्र बजेट पुगेमा आयोजना सम्पन्न गर्नेगरी काम भइरहेको बरेङ गाउँपालिका–५ सुखौराका वडा अध्यक्ष अम्मर बहादुर सरर्वूजाले जानकारी दिनुभयो । उहाँले खानेपानी नै सुखौराको मुख्य विकास रहेको भन्दै यहाँका स्थानीयहरुले घरमै पानी आउँदा विकासको महशुस गर्ने आश व्यक्त गर्नुभयो ।
प्रविधिका कारण बस्ती मुनीको पानी बस्तीभन्दा ५०० मिटर माथी पु¥याइने भएको छ ।

खानेपानी अभावमा गाउँमा हुँनेखानेहरु बसाई सरेर वुटवल, पोखरा लगायतको शहरमा जानेगरेका छन् । खानेपानी आएमा बसाईसराई रोकिनेमा स्थानीय आशावादी रहेका छन् । गाउँमा विद्युत तथा सडक पुगेपनि खानेपानीको अभावमा सिंगोगाउँ छट्टपट्टीएको छ ।

अहिलेको सरकारले जनताको खानेपानी समस्याका विषयमा सुनेको भन्दै स्थानियह हर्षित भएका छन् । अब सुखौरावासीको घर–घरमा खानोपनी पुग्नेछ । आयोजनामा २२ र २५ हर्स पावरका दुई वटा मोटर जडान, पाइपलाईनका पिल्लर, वितरण पाईपलाईन र धारा निर्माण काम मात्रै बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *