निर्माण शुरु भएको सात वर्षपछि अस्पतालको ‘सी’ ब्लक अन्तिम चरणमा

आदर्श अनलाइन, बागलुङ

बागलुङमा तीन वर्षमा सक्नेगरी निर्माण थालिएको धौलागिरी अस्पतालको भवन सात वर्ष वितेपछि निर्माणले तिब्रता पाएको छ । धौलागिरी अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माण शुरु गरेको ७ वर्ष पछि बल्ल निर्माणले गति लिएको छ ।

पटक–पटक ठेकेदार कम्पनीले म्याद थप्दै सम्र्पक विहिन हुँदै आएको अस्पतालमा अहिले भने निरन्तर काम हुँन थालेको छ । २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी शुरु भएको ४० कोठे अस्पताल भवन दुई पटक म्याद थप्दा गर्दा समेत सम्पन्न हुन सकेको थिएन । निर्माण शुरु भएको सात वर्ष वितेपछि बल्ल अस्पलात निर्माणले अन्तिम रुप लिन थालेको धौलागिरी अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

२०६४ सालमा शुरु भएको ‘ए’ ब्लक र २०६६ सालमा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरेपनि ‘सी’ ब्लक भने निर्माण शुरु भएको सात बर्ष वित्दा समेत अझै सम्पन्न नभएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो ।

“अस्पताल व्यवस्थापन समितिको निरन्तरको दवाबपछि अहिले ठेकेदार कम्पनी आएर काम गरिरहेको छ” रानाले भन्नुभयो “ठेकेदारका पनि आफ्नै समस्या होलान तर तीन वर्षमा सक्ने भवन आठ वर्षमा बल्ल सकिएला जस्तो छ ।” रानाका अनुसार हामीले समन्वय गरेपछि अहिले धमाधम अस्पताल निर्माण भइरहेको छ ।

तत्कालिन शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले २०६४ सालमा धौलागिरी अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण गर्नका लागि ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको थियो ।

आगमी चैत्र मसान्त भित्र सबैकाम सकेर हस्तान्तरण गर्ने ठेकेदारले प्रतिबद्धता गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । अस्पतालको ‘ए’ ब्लक समयमै निर्माण सम्पन्न भएपनि ‘बी’ ब्लक भने दश वर्षमा मात्रै निर्माण सम्पन्न भएको थियो ।

ठेकेदार कम्पनीको उदासिनताका कारण अस्पताल भवनमा ढिलाई भएको थियो । हाल ५० शैया क्षमताको अस्पताललाई गण्डकी प्रदेश सरकारले २०० शैया क्षमताको उप–प्रादेशिक अस्पताल बनाउने घोषणा गरेपनि अस्पतलामा अझै भौतिक संरचना र जग्गाको अभाव रहदै आएको छ ।

चारतला रहेको अस्पतालको ठेकदराले हावा ढलान मात्रै गरेर दुई वर्ष सम्र्पक बिहिन बनेको अस्पतालको भनाई रहेको छ । अहिले अस्पतालको उक्त भवनमा बाहीरी भाग प्लास्टर, खानेपानी, ढल तथा विद्युतको काम भइरहेको छ । पछिल्लो चार महिनादेखि अस्पतालमा धमाधम काम चइरहदा अस्पताल निर्माण चैत्र सम्म सकिने देखिएको छ ।

तीन वर्षमा निर्माण सक्ने गरी आशिष/ मिलिनियम र भीम ज्योती जेभीले भवन निर्माणका लागि भ्याट बाहेक रु. १० करोड ६ लाख ६६ हजार ६५५ लाखमा अस्पतालको ‘सी’ ब्लक अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *