बागलुङमा कांग्रेसको प्रदर्शनः ‘ओली प्रवृत्ति देशका लागि खतरा’

डम्मर बुढा मगर, बागलुङ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशता तर्फ उन्मुख हुँदै गएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको देशव्यापी बिरोध प्रदर्शन अन्र्तगत बागलुङ क्षेत्र नम्बर १ को बागलुङ बजारमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै शेरचनले यस्तो आरोप लगाएका हुन् ।

प्रधानन्त्री ओलीले संसद विघटन गरे पश्चात मन्त्रीमण्डल पुर्नगठन समेत राजा र राणाहरुले आफ्ना भाईभारदारलाई पद दिए जसरी काम गरेको उहाँको आरोप थियो ।

‘ओलीले अहिले जे जसरी शासन गर्ने दुश्प्रयास गरी राखेका छन्, त्यो राणाहरुले गरेको भन्दा कम छैन,’ उहाँले भन्नुभयो ‘यो प्रवृत्ति खतरनाक छ, यो शासन नेपाली जनताले सहने छैनन्, कांग्रेसले हेरेर बस्ने छैन् ।’

दुई तिहाइको कम्युनिष्ट सरकारले मुलक परिवर्तन गर्न नसकेको भन्दै अब देशको निकासका लागि कांग्रेसको विकल्प नभएको शेरचनको भनाई थियो । उहाँले पार्टीको आन्तरिक झगडा मिलाउन नसक्ने ओलीले मुलुकमा परिवर्तन ल्याउन नसक्ने बताउनुभयो ।

‘ओली इतिहासकै असफल प्रधानमन्त्री हुन्, दुई तिहाइको सरकार, त्यसमाथि प्रतिपक्षको साथ, यति हुँदा हुँदै पनि केही गर्न सकेनन्, उल्टै पार्टी भित्रको आन्तरिक झगडा मिलाउन नसकेर जनवादमाथि लात हाने,’ शेरचनले भन्नुभयो ।’

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउनुभयो । उहाँले प्रधानमन्त्री सच्चिएर संसद पुर्नस्थापन गर्नु पर्ने भन्दै निर्वाचनमा गए त्यसको हिसाब किताब जनताले दिने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिपेन्द्र थापा, गण्डकी प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक मणिभद्र शर्मा कंडेल, पूर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल, जिल्ला सदस्य बसन्तकुमार श्रेष्ठ, नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *