जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म : मासिक लाख आम्दानी

खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्य सँगै कृषि पेशामा समर्पित हुनुहुन्छ । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० वर्ष देखि व्यावसायिक कृषि कर्ममा सक्रिय हुनुहुन्छ ।

No description available.

श्रीसले व्यावसायीक रुपमै मौरी पालन, बोइलर कुखुरा पालन र तरकारी खेती गर्नुभएको छ । पछिल्लो समय वडा सदस्यमा निर्वाचित भएसँगै उहाँको व्यस्तता बढे पनि परिवारको सहयोगमा व्यावसायिक कर्म अघि बढाइरहेको उहाँ बताउनुहुन्छ । गलकोटबाट अधिकांश युवाहरु जापान तथा युरोपका धेरै देशमा गए पनि ३७ वर्षिय श्रीस २२ वर्षको उमेरबाटै कृषि कर्म र कुखुरा पालनमा आर्कषित हुनुभएको थियो । “एसएलसी उत्तिर्ण गरे पछि व्यावसायिक कृषि तर्फ लाग्ने सोच पलायो, गाउँका धेरै युवा विदेश पलायन भए पनि आफूलाई विदेश जाने कहिल्यै मनमा आएन” श्रीसले भन्नुभयो “गाउँमै मेहेनत गरेपछि विदेशमा जस्तो आम्दानी स्वदेशमै गर्न सकिने रहेछ ।”

१२ वर्ष अघि घरमा रहेका पाँच मुढेघारबाट व्यवसाय शुरु गर्नुभएका श्रीसको गलकोट घुम्टे मौरीपालन फर्ममा ७० आधुनिक मौरीका घार छन् । सुरुमा मौरीपालनमा आकर्षित हुनुभएका श्रीसले मौरौपालन सुरु गरे पछि व्यावसायिक रुपमै कुखुरापालन गर्दै आउनुभएको छ ।

No description available.

यही फागुन सम्म १ सय घार मौरी पु¥याउने लक्ष्यका साथ अघि बढ्नुभएका श्रीसले दुई वर्ष देखि तरकारी खेती समेत गर्दै आउनुभएको छ । उहाँले चार वटा अस्थायी टनेल निर्माण गरी गोलभेँडा, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसामी तरकारी गर्दै आउनुभएको छ । ‘मौरीपालन मुख्य पेशा हो, आर्थिक रुपमा सबल हुनका लागि कुखुराका साथमा तरकारी खेती गर्दै आएको छ,’ उहाँले भन्नुभयो । “मौसम राम्रो हुँदा ७ सय केजी मह उत्पादन हुन्छ, कुखुरा ७ सय फर्ममा कहिलै टुट्दैनन्” उहाँले भन्नुभयो “यसपटक मौसम अलि राम्रो नभएका कारण चार लाखको मात्रै मह बिक्री गरे, कुखुराबाट वार्षिक चार लाख रुपैयाँ हाराहारीमा आम्दानी हुन्छ ।”

वार्षिक रुपमा महबाट, कुखुरा र तरकारी खेतीबाट १२ लाख रुपैयाँ जति आम्दानी गर्ने गरेको श्रीसले जानकारी दिनुभयो । आफू सामाजिक काममा खटिएको समयमा परिवारका सदस्य बाबा, आमा तथा श्रीमतीको सहयोग हुने गरेको छ । जनताको सेवामा खटिनु पर्ने भएकाले समयलाई व्यवस्थापन गर्दै आएको उहाँको भनाई छ ।

No description available.

योजना, बैठक तथा नगरपालिकाको काममा खटिदा अघिल्लो दिननै काम घटाउने र बिहान सबैरै उठेर तरकारी टिप्ने, कुखुरालाई दाना हाल्ने गरेको छ । लोकल यति सेरेना जातको मौरी पाल्दै आउनुभएका उहाँले चरण र हावापानीका लागि रिघा गाउँ उपर्युक्त भएका कारण मौरी पालनमा भविश्य राम्रो भएको श्रीसको भनाई छ । उहाँले घरबाटै प्रति केजी एक हजारमा मह बिक्री गर्दै आउनुभएको भन्दै उत्पादन हुन सके मह र कुखुरा घरबाटै बिक्री हुँदै आएकाले बजारको समस्या नभएको उहाँको भनाई छ ।

गत वर्ष मौरीपालनबाट कृषि ज्ञान केन्द्र पर्वतले दूई लाख ५० हजार रुपैयाँ अनुदान उपलव्ध गराएको उहाँले बताउनुभयो । श्रीसको फर्ममा उत्पादन भएको तरकारी हटिया, गुल्मीको वामी, खर्बाङ बजारमा बिक्री हुँदै आएको छ । यही एक महिनाको अवधीमा मात्रै ६० हजारको तरकारी बिक्री गरेको र टर्नेलमा फलेका गोलभेडा, काउली तथा बन्दा बिक्री गर्न बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *