बिहुँमा प्रहरी चौकीको भवन शिलान्यास

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँमा प्रहरी चौकी धम्जा बिहुँको भवन शिलान्यास भएको छ ।

लामो समयदेखि घर भाडामा लिएर कार्यालय संचालन गरेको चौकीको भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरे पश्चात भवन निर्माण सुरु भएको हो ।

भवनको शिलान्यास सोमबार जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले गर्नु भएको हो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको १ करोड ६९ लाख ३६ हजार ३० रुपैयाँ लागतमा भवन निर्माण हुन थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि शान्तिदेवी÷सुनामी जेभी निर्माण कम्पनीले जिम्मा पाएको छ । भवन आगामी २०७८ असोज मसान्तसम्ममा सम्पन्न हुने भण्डारीले बताउनुभयो ।

पुरानो चौकीको ३ रोपनी ४ आना जग्गामा निर्माण हुन लागेको भवन साढे २ तलाको बन्ने छ । भवन निर्माण पश्चात आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्न सहज हुने अपेक्षा लिइएको छ ।

भवन निर्माण नहुँदा मध्य पहाडी लोकमार्गको धुलोले गर्दा चौकीमा कार्यरत प्रहरीहरुले सास्ती खेप्नु परेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *