जैमिनीमा भेटिएकाे घाइते चितुवा मर्यो

आदर्श अनलाइन, बागलुङ
बागलुङकाे जैमिनी नगरपालिका वडा नम्बर १ कुश्मिसेराबाट आइतबार नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै मरेकाे छ ।

सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी गर्दागर्दै मरेकाे डिभिजन वन कार्यालय बागलुङका वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले बताउनुभयाे।

चितुवा उपचारका लागि सौराहास्थित वन्यजन्तु अस्पताल पठाउने तयारी गरिएको थियो । बागलुङ स्थित भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमा वन्यजन्तुलाई बेहोसपार्ने औषधि नभएपछि सौराहा पठाउनुपर्ने अवस्था आएको थियो ।

औषधिकै अभावका कारण चितुवाले समयमा उपचार नपाउँदा मरेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *