पत्रकार महासंघको तालिम कक्षका लागि प्रवासीको सहयोग

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघ बागलुङ शाखाको तालिम कक्षलाई व्यवस्थित गर्न दुई प्रवासीले सहयोग प्रदान गरेका छन् ।

‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियान मार्फत एक करोड रुपैयाँ बढि लागतमा निर्माण गरिएको सुविधा सम्पन्न भवनमा प्रविधीमैत्री तालिम कक्ष निर्माणका लागि सहयोग प्राप्त भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बागलुङ समाजका तर्फबाट महासचिव देव पौडेलले मंगलबार महासंघ कार्यालयमा आयोजित कार्यक्रममा ५० हजार बराबरको प्रोजेक्टर तथा बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले तालिम कक्षमा साउण्ड सिस्टम र आवश्यक फर्निचरका लागि नगद रु.२० हजार रुपैयाँ प्रदान गरेका छन् । बागलुङ बजार निवासी पौडेल र काठेखोला गाउँपालिका ४ तंग्राम निवासी (साविक तंग्राम गाविसका पूर्व अध्यक्ष समेत रहनुभएका) थापाले महासंघका अध्यक्ष दिल शिरीषलाई प्रोजेक्टर र नगद हस्तान्तरण गर्नुभएको थियो ।

प्रोजेक्टर हस्तान्तरण गर्दै अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेल

सहयोग हस्तान्तरण पछि बोल्दै अन्तर्राष्ट्रिय बागलुङ समाजका तर्फबाट महासचिव देव पौडेलले हालै स्थापित समाजले जिल्लाको समृद्धि र विकासका लागि हातेमालो गर्ने बताउनुभयो । ‘योे मेरो र समाजको तर्फबाट सद्भाव मात्रै हो, सानो भए पनि महासंघको पवित्र कर्म र अभियानमा जोडिऔं भन्ने अभिप्रायले प्रोजेक्टर लिएर आएको हुँ’ महासचिव पौडेलले भन्नुभयो, ‘यसलाई भर्खर विस्तार हुँदै गरेको संगठनको माया भनेर बुझ्नु होला ।’ आगामी दिनमा पनि महासंघसँग समाजले गर्ने काममा सहकार्य र समन्वय गरिने उहाँले बताउनुभयो ।

बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले समाजले स्वास्थ्य र शिक्षामा सहयोग गर्ने नीति बनाएका कारण महासंघलाई संस्थागत सहयोग गर्न नसके पनि व्यक्तिगत रुपमा सहयोग गरेर सद्भाव मिसाएको बताउनुभयो । ‘महासंघको गतिविधि देखेर कुनै न कुनै अभियानमा जोडिने इच्छा थियो,’ अध्यक्ष थापाले भन्नुभयो,‘यहाँको जे समस्या छ या आवश्यकता छ, त्यसको पुर्ति गर्नमा सहयोग पुग्ने हिसाबले थोरै सहयोग गरेका हौ ।’

तालिम कक्षमा ध्वनी व्यवस्थापन लगायतका लागि सहयोग हस्तान्तरण गर्दै बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापा

पत्रकार महासंघ भवनमा अहिले प्रभु बैंकको सहयोगमा आधुनिक सूचना केन्द्र सञ्चालनमा छ भने सुविधा सम्पन्न सभाहल र तालिम कक्ष पनि निर्माणाधिन अवस्थामा छ । महासंघको अभियानका लागि बिदेशमा गठन भएका नेपालीहरुका संगठनले आफ्नो फजुल खर्च कटाएर सहयोग गर्ने क्रम जारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *