दुबै मिगौला फेल भएकी निसीखोलाकी पुनद्वारा सहयोगको याचना

आदर्श अनलाइन, बागलुङ
दुबै मृगौला फेल भइ उपचाररत ३३ वर्षीय युवती शुसिला पुनले आफ्नो जीवन रक्षाका लागि सहयोगको याचना गर्नुभएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–१ देविस्थान निवासी शुसिला पुनद्वारा उपचारमा आर्थिक अभाव भएका कारण सहयोगको याचना गर्नुभएको छ ।

एक वर्ष अघि शरिर सुन्निने, सास फेर्न गाह्रो हुने समस्या देखिएपछि सुशिलालाई पाल्पाको मिसन अस्पताल लगिएको थियो । मिसन अस्पतालले दुबै मृगैला फेलभएको भन्दै युर्निभर्सल मेडिकल साइन्स अस्पताल भैरहवामा पठाएको थियो ।

अहिले पुनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । उहाँको हेमोडायलासिस नभएर पेरिटोनियल लडायलासि गर्नुपर्नेभएकाले आर्थिक रुपमा उपचार गर्न झनै असहज भएको मृगौला पीडित पुनको दाजु भक्त बहादुर पुनले बताउनुभयो ।

हेमोडायलासिस सरकारले निःशुल्क गर्ने भनिएपनि पेरिटोनियल लडायलासि केहीमात्रमा मात्रै छुट भएकाले थप आर्थिकभार पर्दै गएको दाजु पुनले बताउनुभयो । दाजुका अनुसार बहिनीको अहिले महिनामा रु.३० हजार भन्दा बढी खर्च हुदै आएको छ ।

“अहिले सम्म नौ लाख रकम खर्च भइसकेको छ, अझै कतिलाग्ने हो थाहा छैन” पीडितका दाजुले भन्नुभयो “ऋणधन गरेर अहिले सम्म जनतन उपचार गराइयो, अहिले आर्थिक संकटका कारण उपचारमा समस्या भएको छ ।”

कृषि पेशामा निर्भर रहेको पुनको परिवार आर्थिक रुपमा कमजोर भएका कारण मृगौलाको उपचारका लागि समस्या भएको छ । मृगौला पीडित पुनले आफ्नो जीनव रक्षाको लागि आर्थिक सहयोगको याचना गर्नुभयो । “सानै उमेरमा विवाह भएको थियो, सम्बन्ध बिग्रेकाले माइतमै आश्रय लिएर बस्दै आएकी छु” पीडित पुनले भन्नुभयो “आर्थिक सहयोग जुटेमा उपचार भए पुनजन्म पाउने थिएकी ?”

आफ्नो नागरिकता समेत नुहुँदा बैंक खाता खोल्न समेत नसकिएको पीडितको गुनासो छ । मृगौला पीडित पुनका दाजुले शुशिला पुन बचाउ अभियान शुरु गर्न थालेको जानकारी दिनुभयो । उहाँले आफ्नो बहिनीको जीवन रक्षाका लागि सबैले आर्थिक सहयोग गरिदिनका लागि आग्रह गर्नुभयो ।

मृगौला पीडित पुनलाई सहयोग गर्न चाहनेले उहाँको दाजु भक्त बहादुर पुनको प्रभु बैंकमा रहेको खाता नम्बर ०५९००४८७८०१०००१२ मा सहयोग जम्मा गरिदिनुहुन सक्नुहुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *