कुकुरको बन्ध्याकरण शिविर शुरु, ७९ बन्ध्याकरण

आदर्श अनलाइन, बागलुङ
सडकमा छाडा कुकुरहरुको संख्या बढ्दै गएपछि बागलुङमा बन्ध्याकरण गर्न थालिएको छ ।

सडकमा रहेका छाडा कुकुरका कारण नागरिकहरुले समस्या भोगिरहनु परेको एवं पछिल्लो समय सडकमा कुकुरको संख्या बढ्दै गएपछि दुर्घटनाको जोखिम समेत बढेकाले बन्ध्याकरण गरी न्यूनिकरण गर्न बागलुङमा दुई दिने बन्धाकरण शिविर शुरु गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द बागलुङका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द बागलुङ्र, केन्द्रिय रिफरल अस्पताल काठमाण्डौँ एवं बागलुङ नगरपालिकाको संयुक्त पहलमा सडकमा छाडा छोडिएका कुकुर तथा घरपालुवा कुकुरलाई समेत बन्ध्याकरणमा समावेश गरिएकोे छ ।

बन्ध्याकरण शिविरमा रेबिज विरुद्धको खोप पनि लगाइएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । शिविरको पहिलोदिन बुधबार मात्रै ७९ वटा छाडा तथा घर पालुवा भाले, पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । बरिष्ठ पशु चिकित्सक डा.शंकर पाण्डे, पशु चिकित्सक डा. अर्जुन अर्याल, डा. विकास गिरि, खितबहादुर श्रेष्ठ लगायत १० जनाको विज्ञ टोलीले शिविरमा सहजिकरण गरेका छन् ।

एउटा शिविर सञ्चालन गर्दा दुई सय कुकुरको बन्ध्याकरण गर्ने योजना बनाइएको पशु चिकित्सक खितबहादुर श्रेष्ठले बताउनुभयो । भुसिया कुकुरलाई न्यूनिकरण गर्न तथा सन् २०३० सम्म रेबिज उन्मुलन गर्नका लागि बन्ध्याकरण थालिएको उहाँको भनाई रहेको छ । बागलुङमा बन्ध्याकरण शिविर सञ्चालन गर्नका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, केन्द्रिय रिफरल अस्पताल काठमाण्डौँ एवं बागलुङ नगरपालिकाको संयुक्त ५ लाख बिनियोजन गरेकाहुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *