४ वर्षदेखि बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

आदर्श अनलाइन, स्याङ्जा
आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाका ६० वर्षीय ससुरा पक्राउ परेका छन्।

डर, धम्की दिँदै पटकपटक जबरजस्ती करणी गर्दे आएको भन्दै २१ वर्षीय बुहारीले दिएको उजूरीका आधारमा आरोपित ससुरालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

विगत ४ वर्षदेखि आफ्नै ससुराबाट प्रताडित भएको भन्ने उजूरीका आधारमा आरोपितलाई उनकै घरबाट पक्राउ गरेर जवरजस्ती करणी मुद्दा चलाइएको प्रहरीले जनाएको छ। आरोपितलाई शुक्रबार अदालतबाट ५ दिनको म्याद थप भएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *