डा.तरुण पौडेल चिकित्सा पुरस्कार तीन स्वास्थ्यकर्मी र अध्यक्ष रानालाई सम्मान

आदर्श अनलाइन, बागलुङ
डा.तरुण पौडेल चिकित्सा कोषबाट तीन स्वास्थ्यकर्मी पुरस्कृत हुने भएका छन् ।

लामो समय स्वास्थ्य सेवामा समर्पित डा.पौडेलले स्थापना गर्नुभएको कोषबाट मेडिकल तर्फ धौलागिरी अस्पताल बागलुङमा पूर्व कार्यरत प्रदिप श्रेष्ठ, नर्सिङ तर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकल तर्फ धौलागिरी अस्पताल बागलुङमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गर्ने भएको हो ।

डा.तरुण पौडेल चिकित्सा पुरस्कार सम्मान भने धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केवी रानालाई प्रदान गरिने निर्णय गरेको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।

पुरस्कृत तीनै जनालाई आगामी माघ महिनाको अन्तिम साता नगद १५/१५ हजार रुपैयाँ सहित पुरस्कार तथा सम्मान प्रदान गरिने कार्यक्रम छ ।

धौलागिरी अस्पतालमा समेत लामो समय प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.तरुण पौडेलले २०७० सालमा यो कोषको स्थापना गर्नुभएको थियो ।

कोषबाट हरेक वर्ष स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *