बागलुङमा १२ वर्षमा समेत निवारण भएन हात्तिपाइले

खेमराज गौतम, बागलुङ

सामान्यतया ६ वर्षमा निवारण भएको हात्तिपाइले बागलुङमा १२ वार्षमा समेत निवारण भएको छैन । हात्तिपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्छ ।

लगातार ६ पटक औषधी खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भएपनि बागलुङमा ११ औं पटक सम्म हात्तिपाइलेको औषधी खुवाउदा समेत हात्तिपाइले निवारन हुन सकेको छैन । रोग निवारणका गर्नका लागि बागलुङ जिल्लामा पुन १२ औं पटक अभियान सञ्चालन गरिनेछ । १२ औं पटकको अभियान शुरु गर्नुभन्दा पहिला हात्तिपाईले प्रभावित क्षेत्रमा चौथो पटक नमूना संकलनको कार्य शुरु गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

नेपालमा हात्तिपाइले रोग निवारणको अन्तिम तयारी भएपनि बागलुङ जिल्ला सहित नेपालका सात जिल्लामा हाल सम्म हात्तिपाईले रोग निवारण गर्न नसकिएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका सुपरभाइजर सरोज अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार बागलुङमा हात्तिपाइले निवारणका लागि पुन चौथो पटक नमूना संकलन गर्न थालिएको बताउनुभयो । ‘पाँच वर्ष लगातार औषधी खुवाईसकेपछि नमूना परिक्षण हुन्छ’ अधिकारीले भन्नुभयो ‘नमूना परिक्षणमा जम्मा नमूना संख्याको दुई प्रतिशत भन्दा कम पोजेटिभ आएमा निवारण हुन्छ नत्र दुई वर्ष लम्बिन्छ ।’ अधिकारीका अनुसार बागलुङमा तीन पट सम्म नमूना परिक्षण गर्दा हात्पिाइले निवारण नभएको पाइएका कारण चौथो पटकको नमूना संकलन अभियान शुरु गरिएको हो । जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तिपाइले निवारण गर्न नसक्दा सिंगो जिल्लाभर औषधी खुवाउनुपर्ने अवस्था आएको हो ।

चौथो पटकको नमूना संकलन नारायणस्थान र जैमिनी नगरपालिका–१ कुस्मिशेरा ६०० व्यक्तिबाट गरिनेछ । जस्का लागि तीन÷तीन कलस्टरमा विभाजन गरिएको हो । यस पटकको नमूना संकलनमा नेगेटिभ अर्थात दुई प्रतिशत भन्दा कममा हात्तिपाइलेको संक्रमण देखिएमा १२ औं चरणको अभियानबाट रोग निवारण हुँने तर पुन दुई प्रतिशत भन्दा बढीमा पोजेटिभ देखिएमा अर्को वर्ष पुन १३ औं चरणको अभियान चलाउनुपर्ने अधिकारीको भनाई रहेको छ ।

संक्रमण दुई प्रतिशत प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याको रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकोमा त्यो हुन नसकेकाले बागलुङमा १२ औं पटक हात्तिपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था संगै पुन नमूना परिक्षण गर्नुपर्ने अवस्था आएको हो ।

हात्तिपाइले विरुद्धको औषधि सेवनमा नागरिकको वेवास्ता, लगातार औषधी नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपामा अभियान चलाईराख्नु परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो । गुरौका अनुसार अहिले नारायणस्थानका घर–घरमा महिला स्वास्थ्य स्वयमसेवीका परिचालन गरी हात्तिपाइलेको लक्षण भए नभएको जानकारी लिने सचेतना गराउने जस्ता कार्य समेत गर्न थालिएको छ ।

विश्वका धेरै देशहरुमा अभियान सफल भएर हात्तिपाइले निवारण भइसके पनि नेपालमा भने यो समस्याले केही सकस बनाएको छ । हात्तिपाइले आफुले मात्र औषधि खाएर जोखिमबाट पुर्ण रुपमा बच्न सकिदैन । अरु कसैलाई हात्तिपाइले छ र उसलाई टोकेको लामखुट्टेले टोकेमा पनि हात्तिपाइले हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *